महिलाको शव फेला
दाङमा एक महिलाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका –३ स्थित अँगेरी खोलामा २८ वर्षीया मिना कठायतको शव फेला परेको हो ।
सात सिट क्षमताको गाडीमा ३४ यात्रु हुल्दा दुर्घटना
नवलपुरमा भएको बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका –२ की २० वर्षीया पवित्रा मर्साङ्गी र सोही ठाउँका १८ वर्षीय पवन मर्साङ्गीको घटनास्थलमै मृत्यु भयो । ३१ जना घाइते भए ।
ट्रक दुर्घटनामा चालकको मृत्यु
कालीकोटको तिलागुफा नगरपालिका–६ खल्लामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुर्खेतबाट समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लाको मोडबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।
पाथीभरामा दिनमा ६ हजार भक्तजन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
महाउत समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातीको सूचीमा राख्न माग
बाँकेको डुडुवा गाउँपालिकामा रहेको अल्पसङ्ख्यक महाउत समुदायलाई लोपोन्मुख अल्पसङ्ख्यक जातीको सूचीमा राख्नुपर्ने माग त्यो समुदायका अगुवाले गरेका छन्।
यु–१७ फुटबल टोलीको बिदाइ
कतारमा अक्टोबर २३ देखि २७ तारिखसम्म हुने एएफसी यु–१७ एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय युवा टोलीको बिदाइ गरिएको छ ।
वैदेशिक रोजगारपछि बाख्रा पालन
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको बोक्सेका ४५ वर्षीय भविन्द्र पाइजाले बाख्रा पाल्न थाल्नुभएको आठ वर्ष पूरा भयो ।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्नु जरुरी: जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढङ्गले सोच्न जरुरी रहेको बताउनुभएको छ।
एक चिहान मञ्चन हुने
कात्तिक ८ र ९ गते स्याङ्जा बजार र ११ र १२ गते वालिङ बजारमा एक चिहान नाटक मञ्चन गरिने भएको छ ।
थप्रेक दौडमा पोखराका मगर पहिलो
थप्रेक दसैँ मेलामा गरिएको थप्रेक दौड प्रतियोगितामा पोखराका गीरु मगर पहिलो हुनु भएको छ ।
इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।
बिपी कोइराला स्मृति कप : नेक्सस रुपन्देही र भारतको लाइफ केयर विजयी
रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा बिपी कोइराला स्मृति कप टी–२ प्रतियोगिता सुरु भएको छ ।
एक महिनामा दुई हजार ६७७ सवारी साधनबाट २४ लाख बढी राजस्व सङ्कलन
दसैँको बेला बाँके जिल्लामा ट्राफिक नियमको उलङ्घन गरेर सवारी साधन जथाभाबी चलाउने कार्य ठुलो सङ्ख्यामा भएको पाइएको छ।
मखमली फूलकाे माला उन्न भ्याइनभ्याइ
मखमली फूल नोपालीहरुका लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ ।
वन कार्यालयको मोटरसाइकलमा आगजनी
जिल्लाको भित्री मधेश क्षेत्र जोगबुडामा सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ । परशुराम नगरपालिका–५ स्थित परशुरामधाम सब-डिभिजन वन कार्यालयको मोटरसाइकलमा आगजनी गरी नष्ट गरिएको छ ।
‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरू विश्वस्त रहेको बताउनुभएको छ ।
संसद् सचिवालयले रवि लामिछाने पक्राउबारे जानकारी गरायो
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ।
सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी
सभामुख देवराज घिमिरेलाई प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ ।
नेपाललाई एक खेल अगावै सिरिज जित्ने मौका
अमेरिकाविरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आइतबार बिहान खेल्दैछ ।
सरकारले सभापतिलाई धरपकड गर्यो : प्रमुख सचेतक परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको चौथो ठुलो दलको सभापतिमाथि सरकारले धरपकड गरेकोले जनतालाई केसम्म गर्ला भन्ने डर पैदा भएको बताउनुभएको छ।
केरा खेतीबाट आर्थिक वृद्धि
एक पटकको लगानीमा वषौँ आम्दानी लिन पाइने भएपछि पछिल्लो समय रौतहटका किसानले व्यवसायिकरुपमा केराखेती गरी आयआर्जन वृद्धि गरेका छन् ।
गाउँपालिकामार्फत दुध बिक्री
मकवानपुरमा गाउँपालिका मार्फत दूध बिक्री थालिएको छ। मकवानपुरको मनहरी गाउँपालिकाका दुध उत्पादक किसानको दुध शुक्रबारबाट गाउँपालिका कार्यालय मार्फत बिक्री थालिएको हो।
फ्रुटी र मोहीमा नशालु पदार्थ मिसाएर खुवाइ लुटपाट गर्ने दुई पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँकेले फ्रुटी र मोहीमा नशालु पदार्थ (घातक विषादी) मिसाएर खुवाइ लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
इजरायलद्वारा अस्पतालमा आक्रमण
इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।