स्टिमर सेवा पुनः सुरु
जेठ महिनाबाट कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा पुनः सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
एउटा पुलले बदलेको सुस्ता
नेपाली भूमि भएर पनि सुस्ता भन्नेबित्तिकै भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडिरहेको एउटा सानो गाउँ भन्ने बुझिन्छ ।
किसान धान भित्र्याउन व्यस्त
पूर्वी नवलपरासीका किसान यतिबेला धान काट्न र थन्क्याउनमा व्यस्त रहेका छन् ।
दसैँपछि गाउँ सुनसान
दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै गएका छन् ।
किराँतेश्वर महादेवको एक सय आठ फिट अग्लो मूर्ति अन्तिम चरणमा
प्राचीन हरिद्वार चतराधाममा किराँतेश्वर शिवधाम निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वी नेपालमै पहिलो पटक आद्य जगत्गुरु श्री शङ्कराचार्य प्रतिष्ठानको अगुवाइमा निर्माणाधीन १०८ फिट अग्लो किराँतेश्वर महादेवको मूर्तिको काम अन्तिम चरणमा पुगेको हो ।
उद्धारको पर्खाइमै मर्छन् लोपोन्मुख वन्यजन्तु
गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो ।
ठेकी कोरेर जीवन गुजारा
छेडागाड नगरपालिका–९ का चन्द्रबहादुर चनारा ठेकी कोरेर आफ्नो परिवारको लालनपालन गर्दै आउनुभएको छ ।
छठको तयारी
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ बजराही गाउँमा छठ पर्वको लागि पोखरीको बीचमा बाँँसको सहायताले सूर्य भगवानको मन्दिर र बाँसकै बाटो निर्माण गर्दै मजदुर ।
अन्नपूर्ण गाउँपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर ९प्रसूतिगृह० स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्वास्थ्यचौकीमा प्रसूतिगृहको सेवा विस्तार गरेको हो ।
एक सयभन्दा बढी खानेपानी आयोजनामा क्षति
असोज दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित तथा निर्माणाधीन खानेपानीका आयोजनामा क्षति पुगेको छ । बाढीपहिरोले गाउँमा सञ्चालित खानेपानी आयोजना ध्वस्त भएपछि नागरिक खानेपानीको पाइप माग्न सदरमुकाम धुलिखेल
प्रदेश सरकारद्वारा स्थानीय सेवा ऐन जारी
कर्णाली प्रदेश सरकारले स्थानीय सेवा ऐन जारी गरेको छ ।
कार्यालय भवन शिलान्यास
नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेरीगङ्गा नयाँ सहर कार्यालयको शिलान्यास गर्नुभएको छ ।
चिया निर्यात बढ्यो, अलैँची घट्यो
मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१-८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।
धार्मिक अनुष्ठानमा आचार्य कृष्ण दमाईंको माग
संस्कृतमा आचार्य उत्तीर्ण गर्नुभएका बैतडीका कृष्ण दमाईंलाई देशका विभिन्न धार्मिक अनुष्ठान र महायज्ञमा सम्मानसाथ बोलाइन थालेको छ ।
आजको मौसम: लुम्बिनी र मधेशमा हल्का वर्षाको सम्भावना
हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ ।
एक हजारभन्दा बढीलाई ‘स्क्रब टाइफस’
सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ ।
चापाकोट बम विस्फोट: सेनाबाट अवकाश पुरी पक्राउ
स्याङ्जाको चापाकोटमा भएको बम विस्फोटको घटनामा नेपाली सेनाबाट अवकाश प्राप्त गोविन्द पुरीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार साँझ चापाकोट नगरपालिका–४ मल्याङ्कोटमा रहेको पुरीको घरमा सकेट बम विस्फोट भएको थियो । विस्फोटमा पुरी आफै सामान्य घाइते हुनु भएको थियो । पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार पछि पुरीलाई प्रहरीले पक्रेको हो ।
सर्प समात्दै, जनचेतना फैलाउँदै लक्ष्मण
कैलालीको टीकापुरका शिक्षक लक्ष्मण उपाध्यायलाई दसैँमा पनि सर्प उद्धार गर्न भ्याइनभ्याइ थियो । यत्रतत्रबाट फोन आएपछि नजाने कुरै भएन ।
प्रविधिमैत्री ‘लाइसेन्स’
सरकारद्वारा आमनागरिक तहमा गरिने सेवा प्रवाहलाई समयसापेक्ष, चुस्त तथा प्रविधिमैत्री बनाउँदै लगिने भनिँदै आएको धेरै भयो ।
सार्वजनिक प्रसारण सेवाको मर्म
नेपालमा पहिलो पटक निकै लामो प्रसव वेदनापछि संसद्का दुवै सदनबाट पारित भएको सार्वजनिक सेवा प्रसारण ऐन राष्ट्रपतिबाट प्रमाणित भएको छ ।
अपरिहार्य गुणात्मक शिक्षा
शिक्षा चेतनाको प्रतीक हो । शिक्षाकै कारण मानिस आफ्नो विवेक प्रयोग गरी सिप विकास गर्न सक्छ भने विवेकका माध्यमबाट सिर्जनशील कार्यमा लाग्न सक्छ ।
धारामा पानी आएपछि बडरबोटका स्थानीय हर्षित
खानेपानी घरमै आएपछि गाउँले खुसी भएका छन् । तानसेन नगरपालिका ११ बडरबोटका स्थानीयको घरमा पानी आएपछि खुसी भएका हुन् ।
सरकारका सय दिन
वर्तमान सरकार निर्माण भएको भोलि (मङ्गलबार) एक सय दिन पूरा हुँदै छ ।