पहिरोले पाँचथरका २१ विद्यालयमा क्षति
गते असोज ११ र १२ गते आएको बाढी र पहिरोले पाँचथर जिल्लाका २१ वटा विद्यालयमा क्षति पुगेकोे छ । शिक्षा तथा समन्वय इकाइ पाँचथरले २१ विद्यालयमा क्षति भएको तथ्याङ्क सङ्कलन गरेको हो ।
धौलागिरी आइसफल पदमार्गमा पुलको अभाव
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला हुँदै धौलागिरी हिमालको आधार शिविर (आइफल) जाने पदमार्गमा पर्ने विभिन्न खोलानालाहरुमा झोलुङ्गे पुलको अभाव हुँदा पदयात्रीका साथै स्थानीयहरुलाई वारपार गर्न समस्या भएको छ ।
क्षतिग्रस्त पुलमा झुण्डिएर सुनकोशी वारपार गर्नुपर्ने बाध्यता
सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत नहुँदा खोटाङको डिकुवाका स्थानीय पुलमा झुण्डिएर नदी वारपार गर्न बाध्य भएका छन्।
रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय
करिब २५ वर्षअघि मलेसियामा विदेशी र फिलिपिनो नागरिकको अपहरण गरेको अभियोगमा इस्लामिक स्टेटसम्बद्ध लडाकू समूहका १७ सदस्यलाई आजीवन कारावासको सजाय सुनाइएको फिलिपिन्सको न्याय विभागले सोमबार जनाएको छ ।
शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ ।
अध्यक्ष प्रचण्डले जुम्लाको जनसभालाई सम्बोधन गर्नुहुने
जुम्ला, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जुम्लामा हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ । उहाँले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि अध्यक्ष प्रचण्डले मुगु राराक्षेत्रको पनि अवलोकन गर्नुभएको छ । आजै काठमाडौंबाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
अरिँगालको टोकाइबाट घाइतेको मृत्यु
बडीमालिका नगरपालिकामा अरिँगालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।
‘साम्बा’ को आगमनले उत्साहित नेपाल आज माल्दिभ्ससँग खेल्दै
भुटानसँगको खेलमा नेपालको अभाव खड्किएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ आइतबार राति नै नेपाल आइपुग्नुभएको छ । ‘साम्बा’ को आगमनले नेपाल थप उत्साहित बनेको छ ।
‘जोरायली बासमती धान’ डोटीको पहिचान
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत ९रैथाने० जातको ‘जोरायली बासमती’का खेतको धान काटेर भित्र्याउन भ्याइनभ्याई छ ।
कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रदीप भट्टराई विजयी
कोहलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रदीप भट्टराई विजयी हुनु भएको छ । भट्टराईले नेतृत्व गरेको लोकतान्त्रिक व्यवसायी समूहका अधिकांश पदाधिकारी र सदस्यहरू विजयी हुनु भएको छ । प्रदीप भट्टराईले ७ सय ९५ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी अञ्जना धितालले ६ सय ४६ मत पाउनु भएको थियो ।
जोरायली बासमती धान भित्र्याउँदै कृषक
कैलालीसँग सीमा जोडिएको डोटीको जोरायल क्षेत्रमा उत्पादन हुने मसिनो बास्नादार ‘जोरायली बासमती’ धान काटेर भित्र्याउँदै कृषकहरु । रैथाने जातको बासमती धान उत्पादनका लागि जोरायल क्षेत्रले पहिचान बनाएको छ ।
न्युजिल्यान्डलाई टी-२० महिला विश्वकप उपाधि
आइसिसी टी-२० महिला विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ ।
बागमती नदीमा रोकिएको ग्यास बुलेट
गएको असोज ११ गते बागमती नदीमा आएको बाढीले बगाएर ल्याएको रित्तो एलपी ग्यासको बुलेट ।
मनोशक्तिका योग
योग अनेक प्रकारको भए पनि मुख्यतया यसका आठ शाखा छन् ।
वित्तीय साक्षरता : अहिलेको आवश्यकता
वित्तीय कारोबारसम्बन्धी आधारभूत ज्ञानलाई वित्तीय साक्षरता भनेर बुझ्नुपर्दछ ।
शहरी लोकसाहित्य
‘शहरी लोकसाहित्य’ यो शब्दावली सुन्दा कताकता अनौठो लाग्न सक्छ ।
एउटै मापदण्डबाट सडक विस्तार गर्न आग्रह
पूर्वपश्चिम राजमार्ग विस्तार आयोजना अन्तर्गत मोरङको पथरी बजार खण्डमा सडक चार लेनको मात्र बन्ने विषय उठेपछि पथरी शनिश्चरेवासीले एउटै मापदण्ड तय गरी सडक विस्तार गर्न आग्रह गरेका छन् ।
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।
भारतबाट ल्याइएको अवैध दुई सय किलो मुङ्ग्री माछा नियन्त्रण
भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारुचौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिहारका लागि फूल तयार
आउँदै गरेको तिहारका लागि रुपन्देहीका महिलाले खेती गरेको फूल तयार भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
वधशाला निर्माण अलपत्र
बजेट अभावका कारण घोराहीमा आधुनिक वधशाला निर्माणको काम अलपत्र परेको छ ।
पर्यटन प्रवर्द्धन गर्न ताल निर्माण गर्दै सुस्ता गाउँपालिका
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिब २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो ।