चिसोमा न्यानो कपडा पाउँदा दङ्ग
कालीकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाभित्रका विपन्न परिवारलाई दाताको सहयोगले ठूलो राहत भएको छ ।
राहदानी लिन घण्टौँ लाइनमा (फोटो फिचर)
शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ ।
अस्पताल निर्माणको विषयमा झडप, २७ घाइते
बैतडीको मेलौलीमा आधारभूत अस्पताल निर्माण गर्ने विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ ।
छुटेका चारमध्ये दुई सांसदको शपथ
बिहीबार शपथ ग्रहण गर्न छुट्नुभएका चारमध्ये दुई जना प्रतिनिधिसभा सांसदले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।
पौष कृष्ण औँसी : गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड
प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान÷अवतरण भएसँगै उत्साह बढेको हो ।
काठमाडौँ–तराई मधेस द्रुतमार्गलाई चाँडो सक्न अनुगमन र समन्वय समिति
नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौँ–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ ।
प्रतिनिधि सभामा पैँतालीस प्रतिशत नयाँ अनुहार
प्रतिनिधि सभामा करिब ४५ प्रतिशत सांसद नयाँ हुनुहुन्छ । नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद् भवनमा बिहीबार १३० जनाले प्रतिनिधि सभा सदस्यको पहिलो पटक शपथग्रहण गर्नुभयो ।
अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न
जातिप्रथा, छुवाछूत, रङ्गभेद र धर्मभेदजस्ता सामाजिक कुप्रथा पूर्ण रूपमा निर्मूल गर्नुपर्ने मागसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न भएको छ।सम्मेलनले समाजका यस्ता कुप्रथा पूर्ण रूपमा निर्मूल नभएसम्म सामाजिक न्याय प्राप्त नहुने र लोकतन्त्रसमेत सफल नहुने निष्कर्ष निकालेको नेपाल–भारत दलितमैत्री सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कार्यालय व्यवस्थापन परीक्षण सुरु
सरकारले सङ्घीय सरकारअन्तर्गतका कार्यालयको व्यवस्थापन परीक्षण सुरु गरिएको छ। सार्वजनिक निकायले प्रवाह गरेका काम प्रभावकारी, पारदर्शी, जवाफदेही र सुशासनमैत्री नभएको गुनासो आउन थालेपछि सरकारले सङ्घीय सरकारका सबै कार्यालयको चालू आर्थिक वर्षदेखि परीक्षण गर्न थालेको हो।
निजामती सेवा ऐन जारी गर्न माग
नेपाल नगरपालिका सङ्घले स्थानीय सरकारलाई संविधानले प्रदान गरेको अधिकार कार्यान्वयन गर्न सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न माग र गरेको छ। सङ्घले ऐनको अभावमा कर्मचारी समायोजन र व्यवस्थापनमा ठूलो समस्या रहेको भन्दै सङ्घीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सो ऐनको मस्यौदा चार वर्षअघि संसद्मा पेस भए पनि मस्यौदाका कतिपय प्रावधानमा सहमति हुन नसक्दा ऐन जारी हुन सकेको छैन।
शोभराजलाई आज अध्यागमनमा बुझाइने
सर्वोच्च अदालतले कैदमुक्त हुने आदेश दिएका फ्रान्सेली नागरिक चाल्र्स शोभराजको रिहाइ शुक्रबार मात्र हुने भएको छ। कारागार व्यवस्था विभागका सुभना अधिकारी रामचन्द्र शिवाकोटीका अनुसार केन्द्रीय कारागार जगन्नाथदेवलमा १९ वर्षदेखि कैदी रहेका शोभराजलाई सर्वोच्च अदालतले रिहा गरी फिर्ता पठाउन (डिपोर्ट गर्न) आदेश दिएकोमा बिहीबार केही प्रक्रिया पूरा गर्न नसकिएकाले शुक्रबार मात्र रिहा गरी अध्यागमन विभागलाई बुझाइने भएको हो।
हिमालयबाट खोसियो भूमिस्थ सेवा
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको उक्त सुविधा खोसेको छ । प्राधिकरणले हिमालयको नेपाल वायुसेवा निगमलाई दिएको हो । नेवानिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि स्वदेशी तथा विदेशी हवाई कम्पनीका सबै जहाजको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको छ ।
महानगरले नगरवासीको ३० युनिटसम्मको महसुल तिरिदिने
वीरगन्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने नगरवासीको बिजुली महसुल लगायतका महसुल तिरीदिने भएको छ ।
दुहबीमा शुक्रबारदेखि उद्यम तथा रोजगार मेला सुरु हुँदै
सुनसरीको दुहबी नगरपालिकाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा वृत्ति परामर्श उद्यम तथा रोजगार मेला सुरु हुनेभएको छ ।
शीतलहर र हिमपातका जोखिमबाट सुरक्षित रहन आग्रह
सरकारले शीतलहर र हिमपातको जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित भएको भन्दै सुरक्षित रहन आग्रह गरेको हो ।
कोरोनाको नयाँ स्वरूप फेला पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह
सरकारले कोरोना भाइरस नयाँ स्वरुमा देखा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाणगंगा नदीमा बर्मा हाम फालेको आशङ्कामा प्रहरीको खोजी
कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशङ्कामा खोजतलास सुरु गरिएको छ । नदीको रामघाट पुलमा डुबेको आशङ्कामा खोजतलास सुरु गरिएको हो ।
ब्यानर लेखाइमा त्रुटि भएपछि आयोजक संस्थाको आलोचना
कञ्चनपुरको एक संस्था ब्यानरको कारण सामाजिक सञ्जालमा आलोचित बनेको छ । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र (सीभीएसडब्लुडीसी) को व्यापक आलोचना भएको हो ।
चौथो दलको हैसियतले सरकारको नेतृत्व गर्ने हक छ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्वका लागि दाबी गर्ने सङ्केत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधि सभामा चौथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाएको बताउनुभयो । चौथो दल भएकाले सरकारको नेतृत्व गर्ने हक आफ्नो दललाई पनि रहेको उहाँले बताउनुभयो ।
रामचन्द्र पौडेल वा माधव नेपाल राष्ट्रपति बन्नुहुन्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले आगामी राष्ट्रपति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालमध्ये एक हुने बत्ताउनुभएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ । विमानस्थलमा आज (बिहीबार) यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
जेसिबी दुर्घटना : मृतकका परिवारले पाए राहत
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– १ अँधेरीखोलामा मङ्सिर २४ गते भएको जेसिबी दुर्घटनाका परी मृत्यु भएका परिवारले राहत पाएका छन् ।
सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु
सर्लाहीको हरिवनमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । चिसो छल्न आगो तापिरहँदा हरिवन नगरपालिका–३, बस्ने टीकाराम रखालकी श्रीमती ५५ वर्षीया गोरीमाया रखालको मृत्यु भएको हो ।