बिनाभनसुन, घुस नखुवाईकन काम हुनुपर्छ : मन्त्री श्रेष्ठ
नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन, घुस नखुवाईकन हुने दिन सुरुवात गर्नुपर्ने बताउनुभएको छ। मन्त्रालयमा सोमबार बेलुका पदभार ग्रहण गर्दै उहाँले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य बन्द हुनुपर्नेमा जोड दिनुभयो। संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन हुनेसमेत बताउनुभयो।
सुहायो राष्ट्रिय पोसाक
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथग्रहणका लागि राष्ट्रपति कार्यालय शीतल निवास नपुग्दै उहाँ बेग्लै आकर्षणको केन्द्र बन्नुभयो । कारण थियो उहाँको राष्ट्रिय पोसाकको परिधान । यसअघि २०६५ र २०७३ सालमा प्रधानमन्त्री हुँदा र अन्य अवस्थामा पनि औपचारिक समारोहमा रहँदा उहाँले कहिल्यै पनि दौरा, सुरुवाल, कोट र टोपी लगाउनुभएको थिएन । उहाँ जहिले पनि सुट र टाईमा नै रहनुहुन्थ्यो । यस पटक पनि आम अपेक्षा सुट र टाईमा नै शपथग्रहण गर्नुहुने थियो ।
पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने
छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उक्त खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो ।
प्रधानमन्त्री दाहालद्वारा सिंहदरबारमा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदभार ग्रहण गर्नुभएको छ ।
नयाँ मन्त्रीहरुको शपथदेखि पदभार ग्रहणसम्म (फोटोफिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार मुलुकको ४४ औं प्रधानमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । सो लगत्तै तीन जना उपप्रधानमन्त्री तथा चार जना विना विभागीय मन्त्रीहरुले पनि राष्ट्रपतिसमक्ष शपथ ग्रहण गर्नुभयो । शपथ ग्रहणसँगै आज पहिलो दिन आठ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।
निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी बनाइन्छ : गृहमन्त्री लामिछाने
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्मला पन्त हत्याकाण्डको अनुसन्धान प्रभावकारी रूपमा अघि बढाएर दोषीलाई कारबाही गर्न पहल लिने निर्णय गर्नुभएको छ ।
सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि पार्टीको शक्ति नगुमेको प्रतिक्रिया दिनुभएको छ ।
विद्यालयको आठ कोठे पक्की भवन बन्दै
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवास्थित साँवा माध्यमिक विद्यालयको पक्की भवन निर्माण हुनेभएको छ । एक अन्तर्राष्ट्रिय संस्था ह्युमन प्राक्टिस फाउन्डेसन (एचपीएफ) को आर्थिक सहयोगमा आठ कोठे पक्की भवन निर्माण हुने भएको हो ।
नेपाली समालोचनामा नवीन सिद्धान्तहरूको ग्रन्थ प्रकाशन
नेपाली समालोचनाको इतिहासमा विगत ६ वर्षदेखिको श्रम, साधना र समर्पणबाट सर्वाधिक बृहत् ग्रन्थ ‘रत्न बृहत् नेपाली समालोचना’ भाग (३, सिद्धान्त र सिद्धान्तनिष्ठ प्रायोगिक खण्ड) को प्रकाशन भएको छ ।
महान्यायाधिवक्ता खातीद्वारा राजीनामा
सरकारका कानुनी सल्लाहकार खम्मबहादुर खातीले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको छ ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आज साँझ बस्दै
नवगठित मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक आजै बस्ने जानकारी दिनुभयो ।
देउवाद्वारा सत्ता हस्तान्तरण : बधाइ दिएर बाहिरिनुभयो
नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्नुभएको छ ।
आठ सदस्यीय मन्त्रिपरिषद् गठन, राष्ट्रपतिसमक्ष शपथ ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा शपथग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको पद तथा गोपनीयताको शपथ कार्यक्रम (प्रत्यक्ष प्रसारण)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिँदै हुनुहुन्छ ।
नेप्से परिसूचक ५६.८६ अङ्कले वृद्धि
देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ ।
रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’
मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो ।
छाडा पशु चौपायाको व्यवस्थापन गर्ने प्रतिबद्धता
शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्नेसहित २५ बुँदे प्रतिबद्धता जनाएका छन् ।
नरैनापुरमा सिँचाइका लागि डिप बोरिङ जडान सुरु
बाँकेको सुख्खाग्रस्त क्षेत्र घोषित गरिएको नरैनापुर गाउँपालिकामा वैकल्पिक सिँचाइका लागि डिप बोरिङ गाड्न (जडान) सुरु गरिएको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने नरैनापुर क्षेत्रमा योे वर्ष समयमै वर्षा नहुँदा १० प्रतिशत मात्र रोपाइँ भएर सबै खेत बाँझै रहेपछि नरैनापुर गाउँपालिकाले सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सरकारसँग राहत मागेको थियो ।
भारतले बथनाह–कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने
भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।
बुटका बाबा माघी महोत्सवको तयारी
कैलालीका थारु समुदायले वर्षौदेखि मनाउदै आएको बुटका बाबा माघी महोत्सव यस वर्ष पनि मनाउने भएका छन् । तर यस पटक भारतीय कलाकारलाई नबोलाउने निर्णय गरेका छन् । कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका –७ कीर्तिपुरमा रहेको बुट्का बाबा मन्दिरमा माघ १ गतेदेखि हरेक वर्ष पाँच दिनसम्म मेला लाग्ने गर्छ ।
प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले सहायक रथी कृष्णप्रसाद सापकोटा र सुनिलकुमार भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
जबरजस्ती गरेको आरोपमा पक्राउ
१४ वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ब्याज घटाउन माग गर्दै आन्दोलनको घोषणा
बैङ्क तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीमाथि ज्यादती गरेको भन्दै आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् । उद्योगी तथा व्यवसायीले बैङ्कहरू सच्चिन आग्रह गर्दै दबाबको कार्यक्रम गर्ने निर्णय भएको बताएका छन् ।