आजदेखि भारतमा मतदान सुरु
शुक्रबारदेखि सुरु भएको भारतको आम निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि सत्तामा रहन सक्ने निर्णय झन्डै एक अर्ब मतदाताले गर्नेछन् ।
सिन्धुपाल्चोक बस दुर्घटनाका मृतकको सनाखत
त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज बिहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ ।
रुखबाट खसेर युवकको मृत्यु
बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।
अफ्रिकी किशोरी भन्छन्-नेपाली भाषा र संस्कृति लैजान्छौँ
चार महिनाअघि नेपाल आउँदा रुवान्डाकी क्रिस्टिना युविज्जेसँग झोलामा लुगा बाहेक अर्थोक केही थिएन । यहाँ आउनुअघि उहाँले नेपालबारे ‘गुगल सर्च’ गर्नुभयो । उहाँको सूचनामा नेपाल पहाडै पहाडको देश भन्ने जानकारी आयो ।
युएईविरुद्ध नेपालको कमजोर ब्याटिङ
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले कमजोर ब्याटिङ गरेको छ ।
गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।
विश्व बैङ्कद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह
विश्व बैङ्कले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री करमा विद्यमान छुट हटाउन आग्रह गरेको पाकिस्तानस्थित एआरवाई न्युजले जनाएको छ ।
भर्ना अभियान प्रभावकारी बनाउन पहल
शैक्षिक सत्र २०८१ को भर्ना अभियान चलिरहेको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसहित भर्ना अभियान सञ्चालन भइरहेको हो ।
बंगाली समुदायको मसान नृत्य
सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारको सहायक बाटोभरी दर्जन बढी व्यक्तिहरू ढलेको देखियो । झट्ट हेर्दा कुनै दुर्घटनामा परेर मृत्यु भएका वा गम्भीर घाइते भएको दृश्य अनि एउटा समूहमा काठको घरेलु हातहतियार बोकेर कुदिरहेको दृश्य देखियो ।
अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध भएको टेलिफोन सेवा एक सातापछि सञ्चालन भएको दूरसञ्चार कार्यालयका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो ।
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष पुग्न लाग्यो । सन् २०१५ मा चट्याङका कारण बिग्रिएपछि मौसमी बम्लर राडार बिग्रिएको थियो । तर अहिलेसम्म विज्ञको अभावमा मर्मत हुन नसकेको विभागले जनाएको छ ।
महिलालाई गहुँ काट्ने चटारो
माथि उल्लेखित देउडा यहाँका छोरेटाहरूले वैशाखमा गहुँ लौन्यारीलाई उद्धृत गर्दै भन्ने गर्दछन् । यहाँ वैशाखको महिला गहुँ पाक्ने र त्यति बेला अलि उमा खाने (काँचो रहेको गहुँलाई आगोमा राखेर पोलेर खाने गहुँको बाला) चलन छ ।
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
क्यानडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ ।
पदयात्राको तयारी
पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकहरू पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ ।
पेस्तोल र गोलीसहित एकजना पक्राउ
प्रहरीले गोकर्णेश्वरबाट अटोमेटिक पेस्तोल एक थान र सोही पेस्तोलका गोली चार राउण्डसहित एक जनालाई पक्राउ गरेको छ ।
इरानमा विस्फोट : इजरायलले हमला गरेको अमेरिकी सञ्चारमाध्यमको भनाइ
इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।
तोलामा सात सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुका मूल्य शुक्रबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला सात सयले उकालो लागेको छ ।
एसिसी प्रिमियर कप : टस हारेर ब्याटिङ गर्दै नेपाल
एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ ।
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भयो : सांसद यादव
अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ ।
रासायनिक मल काठमाडौँ ढुवानी
चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ ।
आगलागी हुँदा २४ लाख बढीको क्षति
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा शुक्रबार बिहानै एक घरमा आगलागी भएको छ । फुङ्लिङ नगरपालिका–६ गुम्बाडाँडा, गैरीगाउँ टोलका स्थानीय गणेश गुरुङको घरमा आगलागी हुँदा २४ लाख रुपियाँ बढीको क्षति भएको हो ।
आज दिगाममा उखु महोत्सव हुँदै
गुल्मीको छत्रकोट गाउँपालिकाको आयोजनामा दिगाममा आज [एक दिन मात्र] उखु महोत्सव हुँदै छ । यस गाउँपालिकाभित्रका कृषकहरूले उत्पादन गरेको उखु खेतीलाई प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने उद्देश्यसहित उखु महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो ।
३८ वर्ष पछि निर्माण भएको विमानस्थलमा उडान शून्य
कालिकोटको एक मात्र सुनथराली विमान स्थल उद्घाटनमै सीमित भएको छ । शिलान्यास भएको ३८ वर्ष पछि बल्लतल्ल निर्माण सम्पन्न भएको विमानस्थल एक वर्ष पछि औपचारिक रूपमा उद्घाटन भए पनि उडान शून्य भएको छ ।