गृहमन्त्री बालकृष्ण खाणले कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनका समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताउनु भएको छ ।
विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिहरुलाई सहभागी गराई नेपाली सेनाले संचालन गरेको अभ्यास हातेमालो–४ मंगलबार जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा समापन भएको छ ।
युवा तथा खेलकुद मन्त्रीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संसदमा जवाफ दिनुभएको छ ।
बेलायत सरकारबाट माग भए बमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप श्रम समझदारीपत्रमा हस्ताक्षरका गर्नका लागि मन्त्रिपरिषद् प्रस्ताव पठाइएको छ।
नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ । नेपालको छात्र/छात्रा दुवै टोलीले अर्को पराजय भोगेको हो ।
ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले हरायो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।
तीन दिनसम्म विशेष रुपमा चल्ने पनौती जात्रा विधिगत रुपमा भने नौ दिनसम्म चल्ने गर्दछ।
ओखलढुङ्गामा १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपालमाथि लगाएका सबै खाले प्रतिबन्ध हटाएको छ । आईसीसीले यसअघि नोपलमाथिको प्रतिबन्ध फुकुवा गरेपनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीविरुद्ध अभद्र व्यवहारमा जाहेरी परेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्न अनुमतिसँगै समय पनि दिएको छ ।
अमरराज नहर्कीतनहुँ, जेठ ३१ गते। चितुवाको आक्रमणबाट तनहुँमा मङ्गलबार दिउँसो एक बालकको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका–१ बस्ने प्रेमबहादुर मगरको पाँच वर्षीय छोरा सुप्रिम रिलामी मगरको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो। बन्दीपुरमा शुक्रबार र शनिबार पनि चितुवाले आक्रमण गर्दा दुई जना घाइते भएका थिए। यतिबेला चितुवाले बच्चा हुर्काउने बेला भएकोले आहार जङ्गलमा नपाएर मानव बस्तीमा आएको र मानिसलाई आक्रमण गरेको हुनसक्ने डिभिजन वन प्रमुख काफ्लेले बताउनुभयो। चितुवाले बालकलाई आक्रमण गरेर लगेपछि घरपरिवार र छिमेकी कराउँदै पछि लागेपछि चितुवाले बालकलाई छाडेर भागेको घटनास्थल पुग्नु भएका बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। चितुवाले घाँटीमा चिथोरे मारेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। शनिबार साँझ र आइतबार बिहान चितुवाले आक्रमण गरेर दुई जनालाई घाइते बनाएको थियो। डिभिजन वन कार्यालय तनहुँले सूचना सार्वजनिक गर्दै बालबालिकालाई एक्लै नछाड्न, घर वरीपरीको झाडी फाड्न, साँझ र झिसमिसे उज्यालोमा घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ।
भारत एएफसी एसियन कपमा छनोट भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ‘डी’ अन्तर्गत मंगलबार भएको खेलमा प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० गोलले पराजित गरेपछि भारतको एसिया कप यात्रा पक्का भएको हो ।
नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठकमा स्थानीय निर्वाचनको समीक्षा प्रतिवेदन प्रस्तुत भएको छ।