गृहमन्त्री बालकृष्ण खाणले शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न, जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकरी सिद्ध भएको बताउनुभएको छ । आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री खाणले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो भनाइ राख्नु भएको हो ।
नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताउनुभएको छ ।
धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा दश हेक्टरभन्दा बढी बाँझो जमिनमा कृषि वन लगाउने कार्य भइरहेको छ । रोजगारी सिर्जना, उत्पादनमा वृद्धि ल्याउन र जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने उद्देश्यले कृषि वन लगाउन लागिएको हो ।
काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने चाहना रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रिय सभा बैठक सुरु भएको छ । सोमबार दिउँसो १ बजेबाट बैठक सुरु भएको छ ।
इन्धनको मूल्य वृद्धिअनुसार विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ ।
जिल्लामा लामो समयदेखि पानी नपर्दा खडेरीले अन्नबालीदेखि फलफूलसम्म सुक्न थालेपछि किसान हरु चिन्तित भएका छन् ।
अहिले युवा पुस्तादेखि पाको उमेरका महिला–पुरुष आफूलाई फेसनेबल देखाउन लागिपरेका छन् । त्यसैले त धेरैको रोजाइमा पर्ने गर्छ राम्रो र नाम चलेका ब्रान्डका सामान । धेरैजसोमा ब्रान्डेड सामग्री नै खरिद गर्ने मनस्थिति विकसित भइरहेको छ । ब्रान्डेड सामानले आफ्नो व्यक्तित्व विकास गर्न‘का साथै टिकाउ तथा तथा फरक देखिने कारण मानिसहरू ब्रान्डेड सामानतर्फ आकर्षित भएका हुन् । राजधानीमा मात्र होइन मुलुकका अन्य प्रमुख सहरमा ब्रान्डेड सोरुमको सङ्ख्या बढ्दो छ ।
जिल्लामै पहिलो पेट्रोल पम्प निर्माण हुन थालेको छ । रुकुमपूर्वको भूमे गाउँपालिका–२, काँक्रीमा पेट्रोल पम्प निर्माण गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गमा निर्माण हुने यो पेट्रोल पम्प निर्माणमा दुई करोड ५० लाख रुपियाँ लाग्ने बताइएको छ ।
नेपाल राष्ट्र बैङ्कले, बैङ्कमा रहेको नगद रिजर्भलाई लगानीयोग्य बनाउन पूर्वका उद्योगीले सुझाव दिएका छन् । उद्योग सङ्गठन, मोरङले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा तरलता अभाव व्यवस्थापनलाई मुख्य चासोका रूपमा लिनुपर्ने सुझाव दिइएको हो ।
दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना निर्माण ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ (जीटुजी) मोडेलमा गर्न प्रस्ताव गरिएको छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जीटुजी मोडेलमा पाइपलाइन निर्माण गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले त्यसका लागि आईओसीसँग प्रस्ताव पेस गरिएको उहाँले जानकारी दिनुभयो ।
मानसाग्निको ‘पानीका रेखा’ कविता सङ्ग्रहमा एकाउन्नवटा कविता समावेश छन् । कविता सङ्ग्रहले विभेद, असमानता र अन्यायका स्वरलाई उजागर गरेको छ । कविभित्र समाज परिवर्तन र विद्रोहको आगो जबसम्म हुर्हुर बल्दैन, त्यो काव्यमा परिणत हुँदैन । ऊ लाचार छ लड्न सक्दैन ।
डडेल्धुरामा मेडिकल कलेज स्थापनाको गृहकार्य सुरु भएको छ । कलेजका लागि आवश्यक जग्गाको व्यवस्थापनसहित सहमति र समन्वयका लागि सरोकार पक्षको सहभागितामा जिल्लास्तरीय समन्वय, सहकार्य समिति गठन गरिएको छ । अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा सो समिति गठन गरिएको हो । समितिले कलेज स्थापनाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन मद्दत गर्नेछ ।
नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सिमकोट गाउँपालिका – ७ को ओख्रेनमा टावर निर्माण गरी सेवा सुचारू गरेको छ ।