नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लाहानले एक हजार ५४३ जनाको विद्युत लाइन कट्टा गरेपछि जेठ महिनासम्ममा चार करोड १७ लाख १४३ रुपियाँ असुल गरेको छ।
कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसँगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रङ्गशालामा पहिलो पटक रग्बी १५ को आधिकारिक खेल खेलेको छ ।
विश्व सिमसार क्षेत्र, जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी तालको बाँध पुनःनिर्माण तथा प्रवेश पार्क निर्माण कार्य अधुरो हँुदा बर्षातमा क्षतीपुग्ने भन्दै स्थानीयहरुले सरकारलाई उचित कदम चाल्न आग्रह गरेका छन् ।
नेपाल स्पिन इभेन्ट प्रालिले आयोजनामा आगामी भदौ २१ देखि २५ गतेसम्म पूर्णशङ्कर श्रेष्ठ दोस्रो राष्ट्रब्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै बिकासको मुल आधार रहेको बताउनुभएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा राष्ट्रिय युवा परिषद नेपालको आयोजनामा बिहीबारदेखि शुरु भएको दुई दिवसीय राष्ट्रिय युवा बैज्ञानिक सम्मेलनको उदघाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनुभयो ।
औद्योगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरु विशेष गरी सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण सुनसरी मोरङ्ग करिडोरका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
अर्जुन चौपारी गाउँपालिका ३ का ७९ वर्षीय गङ्गाधर काफ्ले विशेषज्ञसहितको आयुर्वेद सेवा गाउँमै प्राप्त भएपछि खुसी ब्यक्त गर्नुभएको छ । समान्य उपचारको पुतलीबजार र पोखरा पर्ने काफ्लेले आफ्नै पालिकामा बिशेषज्ञसहितको सेवा पाएको बताउनुभयो ।
झापाको शिवसताक्षीमा कमल बनियानी खोलामा एक पुरूषको शव फेला परेको छ । बुधबार साँझ फेला परेको शव सडेको अवस्थामा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।
नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौलाले मुलुकमा आर्थिक उत्पादनसँगै बजारीकरण गर्न नसक्दासम्म देश आर्थिक संकटमा परिरहने बताउनुभएको छ । देशलाई आत्मनिर्भर बनाउन नसक्ने हो भने मुलुकको आर्थिक अवस्था भयावह हुने चेतावनी उहाँले दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र सङ्घको निर्वाचनमा पहिलो शक्ति हुने सम्भावना रहेको बताउनुभएको छ ।
सांसद लालबाबु पण्डितले सरकारले नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्नुपर्ने बताउनुभएको छ ।
सिमकोट गाउँपालिकाको आयोजनामा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पाँच वर्षे कार्यकाल सफलतापुूर्बक सम्पन्न गरेको र गाउँपालिकाको बिकासका लागि गरेको योगदानको कदर गर्दै सो सम्मान गरिएको हो ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक सुरु भएको छ ।
मधेश प्रदेशमा बाढीजन्य विपत् आउने आँकलन गर्दै एउटा हेलिकप्टरसहित स्थानीय तहमा हेलीप्याड निर्माणको माग गर्ने निर्णय गरेको छ । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालय अन्तर्गतका प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको सो मन्त्रालयका मन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।
भक्तपुरमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तरगत सुर्यविनायक नगरपालिका ८ आर्दशचोक नजिकै गएराति मोटरसाइकल र ट्रिपर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।