काभ्रेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले आफ्नो पाँच वर्षीय कार्यकालमा गाउँपालिका जोड्ने तीनवटा मुख्य सडकखण्डको मर्मत तथा स्तरोन्नतिको काम गर्ने बताउनुभएको छ । उहाँले सदरमुकाम धुलिखेल जोड्ने मुख्य सडक खोपासी–तालढुङ्गा खण्ड, च्याल्टी–फलामेटार–तालढुङ्गा र सुकुमफेदी–धाप्ले–महाँकाल सडक खण्डको मर्मत तथा स्तरोन्नति गरी यातायात नियमित सञ्चालन हुने सडक बनाउने बताउनुभयोे ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण गरिएको हो । यस क्षेत्रका मिर्गौलाका बिरामी प्रत्यारोपणका लागि काठमाडौँ धाउन बाध्य थिए । अब मिर्गाैला प्रत्यारोपण गर्न अन्यत्र जानुपर्ने छैन ।
हिमालय शेर्पा बौद्ध संस्कृति संरक्षण समाजको अध्यक्षमा खेन्पो ङिमा लामा चयन हुनुभएको छ । असार ९ गते बौद्धमा सम्पन्न दोस्रो अधिवेशनले लामाको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो ।
नेकपा एमाले झापाका अध्यक्ष एवं संविधानसभा सदस्य दीपक कार्की र प्रदेश १ का पुर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको घर अगाडि सडकमा शुक्रबार विहान तार जडित प्रेसर कुकर फेला परेको छ ।
रुपन्देहीमा नक्कली धन्दा र कालोबजारी गर्ने तीनजनालाइ प्रहरीले पक्राउ गरेको छ । औषधिमा नक्कली म्याद र नक्कली मुल्य प्रिन्ट गर्ने गोदामबाट तीनजना पक्राउ परेका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको बताउनुभएको छ । ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ भन्ने मूल नाराका साथ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घले संयुक्त रूपमा तयार गरेको ई–कमर्स वेबसाइट एमएसएमई डटकमको बिहीबार राजधानीमा शुभारम्भ गर्दै उहाँले सरकारले उत्पादन र निर्यात बढाउने नीति लिएको बताउनुभयो ।
चिसाङखोलाको बाढीले विराटनगर–रङ्गेली हुलाकी सडकको रङ्गेली–८, संसारीमाई मन्दिर उत्तर सडक किनारसम्म कटान गरेर भत्काउन थालेपछि नगरपालिकाले बाँसको स्पर लगाउन थालेको छ ।गत कात्तिक ३ गते राति चिसाङखोलामा आएको बाढीले हुलाकी सडकको पुल पूर्व र पश्चिमतर्फ कटान गरेको थियो । खोलाको बहाव कहिले पूर्व र कहिले पश्चिमतर्फ मोडिएपछि पुलको दुबैतर्फ बाढीले क्षति पु-याएको हो ।
हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक नेपाल टेलिकमले फाईबर सेवा विस्तार गरेको छ । नेपाल टेलिकमले ओखलढुङ्गादेखि पत्तालेहुँदै सल्लेरीसम्म रेडियो लिङ्कलाई विस्थापित गर्दै फाईबरबाट नेटवर्क सेवा विस्तार गरेको हो ।
वैदेशिक रोजागारको नाममा हुने मानव बेचबिखन र ठगी नियन्त्रणका लागि प्रहरीसँग छलफल कार्यक्रम सञ्चालन गरिएको छ । बीवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्तर्गत अन्तक्र्रियामा वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचबिखनका गतिविधि र आकर्षक कमाइको नाममा हुने ठगी धन्दाबारे छलफल गरिएको हो ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका ७ दोसल्लेका किसानहरु सुन्तला बिक्री गरेर वार्षिक रुपमा ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याउने गरेका छन् । परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरुले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान थालेका हुन ।
प्युठानमा ट्रयाक खुलेको २७ वर्षसम्म स्तरवृद्धि हुन नसकेको सडक कालोपत्रे थालिएको छ । सरुमारानी गाउँपालिका–४ बड्डाडादेखि ऐरावती जोड्ने सडक गाउँपालिकाले कालोपत्रे सुरु गरेको हो । एक किलोमिटर लम्बाइ र पाँचमिटर चौडाइ सडकलाई कालोपत्रे गर्न लागिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा एक करोड १० लाख रुपियाँको लगानीमा सडक कालोपत्रे हुने भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ लागू गरेको छ । प्रदेशमा बाढी, पहिरो, चट्याङ, डुबानलगायतका विपत्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले सो कार्ययोजना लागू गरेको हो ।
नेपाल सरकारले अफगानिस्तानमा शक्तिशाली भूकम्पले एक हजार जनाको ज्यान लिएको घटनाप्रति दुःख व्यक्त गरेको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा गएको विनाशकारी भूकम्पका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि प्रकट गरेको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ । भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्ट टे«डिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिनुभयो ।