गोरखापत्र समाचारदाताकाठमाडौँ, असार १६ गते । सञ्चार क्षेत्रको कार्यस्थल सुरक्षित बनाउनेबारे विज्ञहरूबीच छलफल भएको छ । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले आयोजना गरेको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’ विषयक राष्ट्रिय गोष्ठीमा त्यसबारे छलफल भएको हो । छलफलका लागि नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष महेन्द्र विष्टले ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल’सम्बन्धी निर्देशिकाको अवधारणा प्रस्तुत गर्नुभएको थियो । उक्त निर्देशिकालाई अन्तिम रूप दिएर प्रेस काउन्सिल नेपालले लागू गर्ने जानकारी दिइएको छ ।गोष्ठी उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रमा सुरक्षित कार्यस्थलसम्बन्धी निर्देशिकालाई केवल दस्तावेज नबनाई कार्यान्वयन गरेर जान सुझाव दिनुभयो । उहाँले यो दस्तावेज पत्रकारलाई मात्र होइन, सबै नागरिकलाई उदाहरण हुने गरी कार्यान्वयन गरेर जानुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपाली पत्रकारितालाई दक्षिण एसियाकै नमुनाका रूपमा खुला, स्वतन्त्र र मर्यादित बनाउन आवश्यक रहेको पनि बताउनुभयो । सञ्चारमाध्यमको कार्यकक्ष, कार्यस्थल, समाचार सङ्कलन गर्ने ठाउँमा मात्र सुरक्षित नभई समग्र समाजलाई सुरक्षित बनाउने विषयमा छलफल गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सञ्चारकर्मी आफू अनुशासित, उत्तरदायी र पारदर्शी हुनसके आफू र समाजलाई पनि हिंसाबाट मुक्त गर्न सक्छौँ ।”मन्त्री कार्कीले विकसित तथा अविकसित देशका समस्या फरक खालका हुने प्रसङ्ग उल्लेख गर्दै सुन्दर देश नेपालको प्राकृतिक स्रोतसाधनको उपयोग गरी समाजप्रति उत्तरदायी नागरिक बनाउन सञ्चारमाध्यमको भूमिका अहं हुने पनि चर्चा गर्नुभयो । “नेपाल प्राकृतिक हिसाबले निकै सुन्दर देश हो, प्रकृतिले प्राकृतिक स्रोतसाधन दिएको छ,” मन्त्री कार्कीले थप्नुभयो, “प्राकृतिक सम्पदा प्रयोग गरेर दक्षिण एसियामा आगामी पुस्ता धनी बनाउन जरुरी छ, त्यस कार्यमा सबै लाग्न जरुरी छ ।”सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कुनै पनि कार्यस्थल सुरक्षित बनाउन सरकारको दायित्व रहेको भए पनि सञ्चार क्षेत्र अरू कार्यस्थलभन्दा फरक र संवेदनशील भएको बताउनुभयो । पत्रकारको कार्यस्थल काम गर्ने ठाउँ मात्र नभएर समाचार सङ्कलनका साथै समाचारका स्रोतसम्म पनि पुग्नुपर्ने एक महìवपूर्ण स्थान भएकाले यसलाई फरक प्रकृतिको र संवेदनशील कार्यस्थलका रूपमा लिनुपर्ने धारणा उहाँले राख्नुभयो ।सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थलसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने काम प्रेस काउन्सिल नेपालको भएको र काउन्सिल पनि सरकारकै अङ्ग भएको सचिव डा. अर्यालले बताउनुभयो ।
मधेश प्रदेशका जिल्लामा परम्परागत शैलीमा धान रोपेर बुधबार धान दिवस मनाइएको छ । कृषि कर्मलाई आधुनिकीकरण गर्ने भन्दै आए पनि प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख/अध्यक्षलगायतले असार १५ मा धान दिवसमा हातले हिलोमा धान रोपेका छन् ।‘राष्ट्रिय धान दिवस’ अर्थात् असार १५ कृषकको लागि महत्त्वपूर्ण दिन मानिन्छ । ‘मानो रोपेर मुरी फलाउने’ समय भएकोले खेतमा धान रोपी दही चिउरा खाएर प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाइन्छ ।
झापामा सवारी दुर्घटनामा परेर एक सहकारीका कर्मचारीको ज्यान गएको छ । झापाको दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार व्यवस्थापक दिपक नेपालको बुधबार राती सडक दुर्घटनामा परेर ज्यान गएको हो ।
विगतका वर्षहरूझैँ यो वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी असार १५ अर्थात् धान दिवस मनाइएको छ । धान दिवस मनाउन सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिले हिलोमा पसेर रोपाइँ गरी खुसी साटे पनि किसान खुसी देखिँदैनन् । यो दिवसले वास्तविक किसानलाई भने खासै खुसी हुने वातावरण बनाउन सकेन ।
नयाँ उद्योग दर्ता, नवीकरण, स्वदेशी विदेशी लगानी स्वीकृत अब अनलाइनबाट हुने भएको छ । उद्योग विभागले बुधबारदेखि सबै सेवा अनलाइनमार्फत सुरु गर्नेगरी सफ्टवेयर सार्वजनिक गरेको हो । विभागलाई ‘डिजिटलाइजेसन’मा लैजाने प्रक्रियाअन्तर्गत ‘इन्डस्ट्री म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईएमआईएस) सफ्टवेयर सार्वजनिक गरिएको हो ।
कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका गाउँ डुबानमा परेका छन् । मङ्गलबार रातिदेखिको वर्षापछि आएको बाढीले गाउँ डुबानमा परेका हुन् । काँढा, कान्द्रा, पथरैया नदीको बाढी गाउँ पसेको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर र भजनीमा केही घर डुबानमा परेका छन् । डुबान भएका क्षेत्रमा सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।
चट्याङ लागेर एकै दिन १० जनाको ज्यान गएको छ । नेपालका विभिन्न स्थानमा मङ्गलबार राति अविरल वर्षाबीच परेको चट्याङ लागेर १० जनाको मृत्यु भएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न नौ जिल्लामा चट्याङ परेको थियो । चट्याङ लागेर घाइते भएकामध्ये १० जनाको मृत्यु भएको हो ।
नेपाल र बङ्गलादेशबीचको क्षेत्रीय व्यापार सुधार गर्न विश्व बैङ्कले बुधबार एक खर्ब २९ अर्ब रुपियाँ (एक अर्ब तीन करोड अमेरिकी डलर) स्वीकृत गरेको छ । यो सहयोगले खासगरी दुई देशबीचको व्यापार तथा यातायात लागत र समय घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बागमती प्रदेशका आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा पु-याएकोमा विरोध गर्दै आएका प्रदेश सभाका सदस्यले बुधबारको प्रदेश सभाको बैठकमा हाँसोको माहोल खडा गरेको देखियो । प्रदेशका एक मन्त्रीले अर्को विभागीय मन्त्रीसँग बजेट माग र मन्त्रालयको औचित्य नभए खारेज गरिदिन भनेपछि सभामा हाँसो फैलिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम र निष्पक्ष बनाउन सङ्घीय निजामती ऐन चाँडै ल्याउने बताउनुभएको छ । कर्मचारी ट्रेड युनियनसँग आबद्ध विभिन्न पाँचवटा सङ्गठनका पदाधिकारीले बुधबार उहाँलाई संयुक्त रूपमा प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।
विहीबार पनि देशभर २४ सै घण्टा वदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहि देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । विहानै देखि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
नेपालीको मुख्य खाद्यान्न बाली धानको रोपाइँ हुने महिनाका रूपमा असारको आफ्नै महत्व र विशेषता छ । किसानले असारलाई मानो खाएर मुरी उब्जाउने महिनाका रूपमा लिने गर्छन् । यही महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जोहो हुन्छ । कृषिप्रधान देश भएकै कारण यहाँ कृषि कर्मलाई उच्च महत्व दिने गरिएको छ ।
वि.सं. २००७ को जनक्रान्तिको उपलब्धि र त्यसको उपादेयतालाई निस्तेज पार्ने तथा संवैधानिक राजतन्त्रको मर्यादालाई उल्लङ्घन गर्दै जाने कार्य राजा त्रिभुवनको शासन कालदेखि नै प्रारम्भ भयो । ती सबैको नेपाली कांग्रेसले विरोध गरिरह्यो । २०११ सालको पुसमा विभिन्न ६ वटा माग राखेर सत्याग्रह ग-यो ।
महामारीका कारण गत दुई वर्ष अस्तव्यस्त भएको शैक्षिक सत्र यस पटक एक महिना ढिलो गरी सुरु भयो तर विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । कृषिप्रधान मुलुकमा खेती लगाउने समयमा किसानले मल र शैक्षिक सत्रको सुरुमा विद्यार्थीले पुस्तक पाउन नसक्नु नेपालको सदाबहार रोग नै बनेको छ ।
दुःखका कारण खोज्न मान्छे सदियौँदेखि भौँरिरहेका छन् । कोही योगी बने, कोही बने क्रान्तिकारी र कोही भोगी । अत्यन्तै थोरै मान्छे आफूले रोजेका बाटोमा टिके । धेरैजसो आए, गए र सिद्धिए तर सन्तुष्टि पाउन भने सकेनन् । सभ्यता विकासमा असन्तुष्टि नै विकासको उपहार बन्यो । स्वभाव, चेतनास्तर, ज्ञानका क्षेत्रफलको फैलावट, जिज्ञासाका कारण सन्तुष्टिको अर्थ नै फरकफरक हुन्छ ।