पूर्वीपहाडी जिल्लामा परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले उदयपुर र सुनसरी जिल्लाका नदी तटीय क्षेत्रमा तीव्र रूपमा कटान गरेको छ। उदयपुर जिल्लाको बेलका नगरपालिका–८, डुम्रीबोटे र सुनसरीको वराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलङ्काटापु क्षेत्रमा बाढीले कटान गरेको हो। कटान तीव्र हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी कटान नियन्त्रणका लागि परिचालित भएका छन् भने स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। सप्तकोसीमा आएको बाढीले पछिल्लो एक हप्तादेखि दुई जिल्लाको तटीयक्षेत्र कटान गरिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। उदयपुरतर्फ हालसम्म ४०–५० बिघा जमिन कोसीले कटान गरिसकेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईको भनाइ छ।
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू नामकरणको विषयमा गम्भीर नबन्दा र साझा धारणा बनाउन नसक्दा प्रदेश १ को नामकरणमा सहमति हुन सकेको छैन। सबै प्रदेशको नामकरण भइसक्दा पनि प्रदेश १ को नामकरणको विषय भने झन्झन पेचिलो बन्दै गएको छ।
काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । २५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् । विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।
झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन । यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । जबराविरुद्धको महाभियोग पाँच महिनाभन्दा लामो समयदेखि विचाराधीन छ । फागुन १ गते प्रस्तावको सूचना दर्ता भई २९ गते प्रतिनिधि सभामा पेस भएको थियो । तर त्यसयता समितिमा पठाउने कार्यसूची बन्न सकेको छैन । विधायिकाले विशेषाधिकार प्रयोग गरेर दर्ता गरेको प्रस्तावले न्यायपालिका प्रमुख निलम्बन भएको लामो समय भए पनि संसदीय प्रक्रिया अघि नबढाइएको हो ।
काठमाडौं, साउन १६ गते । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरस्थित बागमती खोला परिषरमा साँझको आरती हेर्न आउने भक्तजनहरुको घुईंचो । तस्बिरहरु : सागर बस्नेत
बारेकोट गाउँपालिका–३ पहाडा मुल्सामकी २१ वर्षीया मिना नेपालीलाई सुत्केरी बेथाले च्यापेपछि छ घण्टा हिँडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याउँदै गर्दा बाटोमै सुत्केरी ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसअन्तर्गत रहेका सम्पूर्ण भ्रातृ संगठनलाई चुस्तरूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
राप्ती गाउँपालिका– ३, भालुवाङको पुलबाट देखिएको राप्ती नदी आएको बाढी ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
राज श्रेष्ठ र अजर सिम्हाले चौंथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । सातदोबाटोस्थित स्क्वास कोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगिातको पुरुष खुलातर्फ राज र अजरले जित निकाल्नुभयो । राजले राज महर्जनलाई १४–१६, ११–५, ११–५, ७–११, ११–४ ले पराजित गर्नुभयो ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिर नजिकै मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभीरमा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड अबरुद्ध भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्डको काभ्रेभीरस्थित घोप्टेभिरमा सडक माथिबाट पहिरो आएको र म्याग्दी क्षेत्रमा पनि दुई ठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई हिन्दू परिषद नेपालले २१ बुँदे ज्ञापन पत्र हस्तान्तरण गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग नेपालको भएकाले फिर्ताको लागि निरन्तर प्रयास र पहलको खाँचो भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले ती भूभाग नेपालको नक्सामा सामेल गरेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभयो ।
दाङमा खोलाले बगाउँदा काठमाडौं निवासी एक किशोरीको मृत्यु भएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।