कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार प्रयोगविहीन बनेको छ। समितिका अध्यक्ष दीपक कोइरालाका अनुसार उक्त भवन एक करोड रुपियाँको लागतमा २०६६ सालमा जुनार भण्डारणलाई लक्षित गरी बनाइएको थियो। जापानी राजदूतावासको अनुदान ६० लाख रुपियाँ र बाँकी रकम तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समिति र जुनार उत्पादक किसानबाट जुटाइएको हो। ३६० मेट्रिक टन क्षमताको उक्त शीतभण्डार सुरुका दुई वर्ष प्रयोगमा आए पनि त्यसपछि प्रयोगमा नआएको उहाँले बताउनुभयो।
बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी छ। घर वरिपरि असरल्ल छरिएका कोक, पेप्सी, फेन्टालगायतका प्लास्टिक बोतलमा पानी भर्दै नसुक्ने ठाउँमा थन्क्याउनु दिनचर्या बनेको छ। त्यसरी पानी जम्मा गर्नेमा मोरङको पाटीगाउँको थामडाँडाका मोहन राई हुनुहुन्छ। उहाँको आँगन र घर वरिपरि करिब दुई हजार बोतल लडेका छन्। उहाँ बर्खामा घर आसपास जम्मा भएको पानी ती बोतलमा भरेर हिउँदका लागि जोहो गर्दै हुनुहुन्छ।
विश्वभरि छरिएर रहेका हिन्दुहरूको सपना जीवनमा कम्तीमा एक पटक काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको दर्शन गर्ने हुन्छ। पशुपतिनाथको दर्शनअघि बागमती नदीमा स्नान स्वाभाविक मनोकाङ्क्षासमेत रहन्छ। प्रदूषित बागमती नदीको अवस्था हेर्दा भने यो कहिल्यै पूरा नहुने मनोकाङ्क्षाजस्तै थियो। तर अहिले अवस्थामा केही परिवर्तन भएको छ। बागमती नदीको पूरै क्षेत्र नभए पनि केही क्षेत्रमा विगत केही समययतादेखि स्वच्छ जल प्रवाह हुन थालेको छ। यो असाध्य सुखद खबर हो। बागमतीको मुख्य भाग अर्थात् गुह्येश्वरीदेखि पशुपतिसम्मको क्षेत्रमा बग्ने बागमती नदीको जललाई प्रदूषणमुक्त बनाई भक्तजनले स्नान गर्न सक्ने सम्भव तुल्याइएको छ। वातवरणीय तथा धार्मिक दृष्टिकोणबाट यसलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ।
दक्षिण एसियाली मुलुकमा राजनीतिलाई यदाकदा खेलका नियमसँग दाँजेर टिप्पणी गर्ने गरिन्छ। क्रिकेट खेलका नियम राजनीतिक वृत्तमा बढी नै प्रयोग हुन्छ। बेलायतीहरूले भारतलाई उपनिवेश बनाएका बेला क्रिकेट लोकप्रिय बनाइयो। त्यसैको सिको गर्दै राजनीतिक क्षेत्रमा क्रिकेटका नियम आकर्षित गर्ने प्रचलन छ। नेपालमा पनि यस्तो शब्दको प्रयोग हुने गरेको छ। हालै मात्र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभएको छ, “राजनीतिक जीवनको ‘लास्ट इनिङ’ मा छक्का हान्ने इच्छा छ।” त्यसले अबको प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्री बन्ने उत्कट अभिलाषा प्रचण्डमा देखापरेको सङ्केत गर्छ। प्रचण्ड जतिको नेतामा प्रधानमन्त्री बन्ने आकाङ्क्षा रहनु गलत वा अस्वाभाविक होइन। अहिलेको राजनीतिक शक्ति सन्तुलनमा माओवादी एक्लैको त्यो ल्याकत देखिँदैन। प्रचण्डको मनोकाङ्क्षा पूरा गर्न गठबन्धन नै चाहिएको छ।
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।
पछिल्ला साढे दुई वर्षको विश्व आर्थिक परिदृश्य टिठलाग्दो देखियो। झन्डै पहिलो विश्व युद्धलगत्तै पछिको विश्व व्यवस्थाको छनक दिने गरी विश्व शासन गर्ने संस्था एकाएक शिथिल बन्न पुगे। त्यस्ता शासकीय संस्थाको शिथिलताका कारण आर्थिक मन्दीले विश्व बजारसमेत थलाइदियो। बितेका अढाई दशकमा विकासको उकालो निरन्तर चढेको विश्व अर्थतन्त्रले एकाएक सङ्कुचन खेप्ने अवस्था आइपर्नु पक्कै पनि सामान्य कुरा थिएन। भौतिक दूरीलाई बढाउनुपर्ने बाध्यात्मक अवस्थाले देशका सीमा बन्द गर्नुपर्ने अवस्था सिर्जना भयो। कोरोना भाइरसकै कारण कतै विश्वव्यापीकरण नै खतरामा परेको वा यसले अवसानको मार्ग अँगालीसकेको त होइन भन्ने सवाल पनि पेचिलो बन्न पुग्यो।
०७९ जेठ १५ मा आर्थिक वर्ष २०७९र८० को बजेट आइसकेको र २०७९ साउन ६ मा नेपाल राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति पनि ल्याइसकेको छ। अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीति निकै प्रभावकारी हुने भएकाले अहिले बजारमा बहसको विषय बन्न गएको छ। बजेटको सफलता मौद्रिक नीतिमा निर्भर गर्ने हुँदा यसको निर्माणमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैङ्क र सरकार आफैँ बढी सक्रिय भएका हुन्छन्। जति नै राम्रो मौद्रिक नीति नेपाल राष्ट्र बैङ्कले ल्याए पनि बजेट कार्यान्वयनको पक्ष कमजोर हुँदा बजेटले लिएका उद्देश्य प्राप्त गर्न सकिँदो रहेनछ। यो हाम्रो अनुभवले देखाइसकेको छ।
हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
दोलखाको उत्तरी क्षेत्रको बिगु गाउँपालिका–४ लादुकमा रहेको प्राकृतिक भोर्ले झरनामा रमाउनेहरू पर्यटकहरु बढ्न थालेका छन् ।
विविधतायुक्त नेपाली समाज र संस्कृतिले जीवजन्तु, पशुपन्छीको पूजाआजाको परम्परालाई समेत विशिष्ट महत्त्व दिएको छ। यस्ता जीवजन्तुको पूजाआजाका पछाडि धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक महत्त्व रहिआएको छ। जसका कारण विश्वास, आस्था र भक्ति प्रकट गरिन्छ। विभिन्न चाडपर्वमा विविध पशुपन्छीको पूजा गर्ने क्रममा नागपञ्चमी यस्तो दिन हो, जसमा नाग (सर्प)को पूजा गरिन्छ।
मंगलबार (आज) पनि देशभर मनसुनी प्रणाली सक्रिय रहदा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विहानै देखि प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
वैदेशिक रोजगारको चरम विकृतिका रूपमा हत्याका घटना बढ्न थालेका छन्। साउनकै पहिलो साता चितवनको भरतपुर महानगरपालिका–१० मा एक दम्पतीको कारुणिक मृत्युको घटना सेलाउन नपाउँदै सङ्घीय राजधानी काठमाडौँमा परिवार नै सखाप पार्ने गरी अर्को बीभत्स हत्या भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, हैबारस्थित अक्करेभीरमा सोमबार बिहान पहिरो खस्दा चार जिल्लाका बासिन्दाले सास्ती खेप्नुप-यो। आइतबार बेलुकादेखि परेको वर्षाका कारण जमिन गलेर अक्करेभीरमा पहिरो खसेको हो। पहिरो खसेर यातायात अवरुद्ध हुँदा सिन्धुली र रामेछाप जिल्लाको पूर्वी क्षेत्रसहित गन्तव्यमा हिँडेका खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुरका यात्रुले सास्ती खेप्नुपरेको छ। हैबार निवासी सुवास कोइराला वर्षा भएर जमिन गल्नेबित्तिकै अक्करेभीरले सधैँ सास्ती दिँदै आएको बताउनुहुन्छ। उहाँका अनुसार अक्करेभीरमा पहिरो जान थालेको वर्षौं भइसक्यो, तै पनि त्यसलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न कुनै पनि निकायले चासो देखाएको पाइँदैन।
लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका धेरै ठाउँमा जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार एक महिनायता २९ जनाको मृत्यु भइसकेको छ भने दुई जना अझै बेपत्ता छन्। मनसुनजन्य विपत्मा परी ३६ जना घाइते भएका छन्। दुई हजार ५८८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
इटहरी उपमहानगरपालिकाको स्वामित्वमा रहेको इटहरी अस्पताललाई सुविधासम्पन्न बनाइने भएको छ । इटहरीमा स्तरीय अस्पताल स्थापना गर्न माग भइरहेको अवस्थामा अहिले सञ्चालनमा रहेको इटहरी अस्पताललाई नै स्रोत साधन र जनशक्ति थप गर्दै सुविधासम्पन्न बनाइने बताइएको हो ।