स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पाँच हजार ४१५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८१४ जनामा कोरोना पुष्टि भएको हो ।
अविरल वर्षाका कारण बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ र मेलम्ची–१० को सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा राजधानी पुग्ने यात्रुबाहक बस बाटैमा रोकिएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताउनुभएको छ।
झण्डैँ दुई सय वर्ष इतिहास बोकेको पूर्वी पहाडी जिल्ला भोजपुरको लाखे नाचप्रति स्थानीय युवाको चासो बढेको छ ।
पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मङ्गलबार नेप्से सूचक २.७६ अङ्कले घटेर २१९३.४८ बिन्दुमा झरेको हो ।
काठमाडौं, साउन १७ गते। बजेट कार्यान्वयनको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री, राज्यमन्त्री र सचिवलाई निर्देशन दिनुहुनेछ। प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्था तथा चालु आ.व.को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनाको प्रभावकारी कार्यम्पादन करारको सम्बन्धमा निर्देशन दिनुहुने कार्यक्रम रहेको छ।
अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन वृद्धि हुनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौंमा आयोजित ३० औं किसान तथा ६९ औं भीमदन्त पन्त स्मृति दिवसको कार्यक्रममा उहाँले कृषिमा आधारित उद्योगको विकासमा जोड दिनुभएको हो।
सांसद मीना सुब्बाले सरकारी विद्यालय र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच सम्मान बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयहरुले एसईईमा २० प्रतिशत र २० प्रतिशत विद्यार्थी पढ्ने निजी विद्यालयहरुले ८० प्रतिशत राम्रो नतिजा ल्याउनु चिन्ताको विषय भएको बताउनुभयो ।
अविरल वर्षापछि पूर्वी नवलपरासी गैंडाकोटका केही क्षेत्र डुबानमा परेका छन् । गैंडाकोट वडा नम्बर २ र ४ का केही क्षेत्र डुबानमा पर्न थालेका छन्।
कैलालीमा हिंस्रक वन्यजन्तुले एकै दिन किसानका २१ बाख्रा मारेको छ।
काठमाडौं, साउन १७ गते । 'केबीसी'को पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको छ । अमिताभ बच्चनको चर्चित गेम शो ‘कौन बनेगा करोडपति १४’ को पहिलो एपिसोडको प्रोमो सार्वजनिक गरिएको हो । सार्वजनिक भएको प्रोमोमा बलिउडका स्टार आमिर खान 'हट सिट'मा बस्नुभएको छ । शोको प्रोमोमा उहाँले सामाजिक सञ्जालमा यस कार्यक्रमको बारेमा विज्ञापन गर्न जरुरी नभएको बताउनुभयो । यस्तै, 'कौन बनेगा करोडपति'मा यसपटक पुरस्कार नगद ७ करोडबाट बढेर ७.५ करोड ताेकिएकाे छ ।शोका निर्माताले यसको प्रोमो शेयर गर्दै दर्शकलाई यसको जानकारी दिनुभएको हो । यसका साथै यस पटक शोमा तीनवटा लाइफ लाइन हुनेछन् ।
नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताउनुभएको छ । मङ्गलबारको प्रतिनिधिस बैठकमा बोल्नुहुँदै सांसद रावलले सो कुरा बताउनुभएको हो ।
पानी नपुग्दा तनहुँको टारी खेतको रोपाइँ प्रभावित भएको छ। प्रशस्त वर्षा नहुँदा मूल नफुटेपछि रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
नेकपा (एमाले)का सांसद विशाल भट्टराईले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको प्रति आपत्ति जनाउनुभएको छ ।
काठमाडौं, साउन १७ गते । गायक, गीतकार तथा सङ्गीतकार प्रकाश सपूतको डेब्यु फिल्म 'परदेशी-२' को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको 'के वर मागी फर्क्यौ' बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा रमेश पौडेलको शब्द तथा नारायण रायमाझीको सङ्गीत र निशान भट्टराईको आवाज छ । नारायण रायमाझीले निर्देशन गर्नुभएको फिल्ममा प्रकाश र केकी अधिकारी मुख्य भूमिकामा छन् । दशैँको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश र केकीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक रायमाझी र राजेश वंशलको निर्माणमा बनेको फिल्मको कथा रमेश विजीले लेख्नुभएको हो । फिल्म असोज १४ देखि प्रदर्शनमा आउने बताइएको छ ।