खुला सिमाना र सहज आवागमनको फाइदा उठाउँदै विराटनगरको रानी नाका हुँदै भारततर्फ गाँजा तस्करी हुने क्रम बढेको छ। नेपालतर्फबाट तस्करले विभिन्न नयाँ तरिका अपनाउँदै भारतीय क्षेत्रतर्फ गाँजा तस्करी गर्ने गरेका छन्। सशस्त्र प्रहरी बलको टोलीले पाएको सूचनाको आधारमा तरकारी बोकेको ट्रकमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेलापारेको हो। सङ्खुवासभाबाट बन्दाकोबी राखेर भारततर्फ लगिँदै गरेको उक्त गाडीलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको थियो।
इलाम नयाँबजारका सवारीचालक फुरी शेर्पा आफ्नो सवारीमा सधैँ कुटो, कोदालो र साबेल राखेर हिँड्नुहुन्छ। नयाँबजार–फिक्कल सवारी चलाउने शेर्पा कच्ची सडकमा सवारी चलाउँदा सधैँ समस्या झेल्नुपर्ने भएकोले यसो गर्नुपरेको बताउनुहुन्छ। चालक शेर्पा भन्नुहुन्छ, “कहाँ पुग्दा गाडी फस्छ भन्ने टुङ्गो हुँदैन, आवश्यक सामान बोकेरै हिँड्नुपर्ने बाध्यता हो।” शेर्पा मात्र होइन, उक्त सडकमा सवारी चलाउने सबै चालकले सजकता अपनाउनै पर्छ। गाडी फस्ने हुँदा अनेक उपाय लगाएर निकाल्नुपर्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको छ ।
आज थारु समुदायले ‘गुरही’ पर्व मनाएका छन । साउन महिनाको पञ्चमीमा पर्ने भएकाले यसलाई नागपञ्चमी पनि भनिन्छ ।
नेपाल विद्यार्थी संघ कृषि र पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा गैरकानुनी रुपमा नियुक्त गरिएको भन्दै नियुक्ति खारेज गर्न माग गरेको छ ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केही महिनामै हुने जानकारी गराउनुहुँदै त्यसको तयारीलाई उच्च प्राथमिकता दिन निर्देशनसमेत दिनुभएको छ।
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका–५ बस्ने ललित बहादुर गुरुङ, त्यही बस्ने समिर सार्की र किरण वंशी मगर रहेका छन् ।
ट्राफिक प्रहरीले आरक्षण सीट लागु नगर्ने बसलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिर चल्ने चार वटा यात्रुबाहक बस, उपत्यकामा चल्ने १४ बस र एक माईक्रो बसलाई मंगलबार कारबाही गरेको हो ।
साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
नारायणगढ मुग्लिन सडकको केराबारीमा सोमबारदेखि गएको पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु अलपत्रमा परेका छन् । केराबारीमा ठूलो पहाड बीच बाटोमा खसेपछि सडकमा सवारी साधन जाम हुनुका साथै यात्रुहरु अलपत्रमा परेका हुन् ।
काठमाडौंमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा ३५ जना खेलाडी छनोट भएका छन् । प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा रहेका ५८ खेलाडीबाट ३५ खेलाडी छनोट गर्नुभएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजवादी केन्द्र बनाउदैमा समाजवादी नहुने बताउनुभएको छ। मंगलबार केन्द्रीय कार्यालयमा आयोजित २५ औं तुलसीलाल स्मृति दिवस कार्यक्रममा उहाँले विगतमा एमाले फुटाउन भूमिका खेल्नेहरु अहिले एकै ठाउँमा भेला भएकोसमेत बताउनुभयो।
कुनै बेला सामाजिक न्याय अन्याय छुट्याउने थलोका रुपमा रहेको बैतडीको कुल्लेककोट दरबार संरक्षण नहुँदा अहिले आफैँ अन्यायमा परेर भग्नावषेश बनेको छ । कोट भत्केर ढुङ्गा छरपष्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ ।
यसअघि बिबादका कारण स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठक साउन २६ गते विहिबार बस्ने भएको छ । यसअघि दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो ।
नेपाल भलिबल संघको भदौ २२ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच मास्केले उम्मेदवारी घोषणा गर्नुभएको हो ।