पूर्व–पश्चिम राजमार्गको भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्गमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
काठमाडौं, साउन १८ गते । बलिउड अभिनेता पंकज त्रिपाठीको वेब सिरिज 'क्रिमिनल जस्टिस'को टिजर सार्वजनिक भएको छ । यस टिजर भिडियोमा पंकज त्रिपाठी एक वकिलको भूमिकामा माधव मिश्राको रुपमा देखिनुभएको छ । सिरिजमा पंकज अर्थात् माधव मिश्रले पनि 'जित तिम्रो न मेरो हो, जित सधै न्यायको हुनुपर्छ' भन्दै गरेको देखिन्छ ।'क्रिमिनल जस्टिस ३' को यो टिजर भिडियोलाई निकै मन पराइएको छ । क्रिमिनल जस्टिसको पहिलो दुई सिजनले पनि निकै चर्चा पाएको थियो । यसको तेस्रो भाग अर्को महिना 'डिज्नी प्लस हटस्टार'मा रिलिज हुनेछ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ।
काठमाडौं, साउन १८ गते । भदौ १० को प्रदर्शन मिति तोकेको फिल्म 'प्रकाश'को प्रचारप्रसार व्यापक छ । प्रचारप्रसारबीच निर्माण टिमले शिक्षकबारे कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा कलेज तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागि हुन १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको विद्यार्थी हुनुपर्नेछ र बढीमा कक्षा १२ मा अध्ययनरत हुनुपर्नेछ । यसरी प्रतियोगितामा सहभागी मध्येबाट प्रथम पुरस्कार एक लाख र द्वितीय ५० हजार नगद पुरस्कार जित्ने निर्माण युनिटले जनाएको छ । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको भिडियो अवधि १ देखि साढे एक मिनेटसम्म हुनुपर्नेछ।प्रतियोगितामा भाग लिन चाहनेले कविताको भिडियो बनाएर उचबपकजतजभाष्mि२नmबष्.िअयm मा पठाउन पर्नेछ । प्रतियोगितामा भाग लिनका लागि श्रावण २० गतेदेखि भाद्र २० गतेसम्म भिडियो पठाउनुपर्नेछ । फिल्म प्रकाशको निर्खेशन दिनेश राउतले गर्नुभएको हो । फिल्ममा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतको अभिनय फिल्ममा छ ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८–७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे आयोजित ३ दिने गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब तीन किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शेयरबजार परिसूचक नेप्से बुधवार ६.७१ अङ्कल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मङ्गलबारदेखि सामान्य करेक्शन आएको हो ।
नेपालमा २४ घण्टामा ९१५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार दुई जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि भएको हो ।
स्थानीय तहमा खाना तथा विविध खर्चको नाममा राज्यकोष दोहन भइरहेको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/०७८ को वार्षिक प्रतिवेदनमा स्थानीय तहको खाना र विविधतर्फको खर्च मनोमानी चलिरहेको पुष्टि हुन्छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन पश्चात् सर्लाहीमा नागरिकता बनाउने विद्यार्थी ह्वात्तै बढेका छन् । सर्लाहीको सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयसहित हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुनेगरेको छ ।
बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या १७ हजार १३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाको सडकमा ठूलाठूला खाल्टाखुल्टी परेपछि हिँडडुलमा सास्ती भएको छ।
दार्चुलामा दुईवटा मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दुईवटा मतदान स्थल थप गर्न सिफारिस गरेको हो ।
पछिल्लो समयमा चर्खा घुमाउने पेसा सबै ठाउँमा लोप हुँदै जान थालेको छ । फाट्टफुट्ट देखिए पनि यो पेसा हराउँदो रुपमा रहेको छ । आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो कात्ने घरेलु प्रविधिको यो पेसाले स्थान पाएको देखिँदैन ।
सप्तरीमा हालसम्म करिब ८० प्रतिशत रोपाइँको काम सम्पन्न भएको छ । धान रोपाइँ गर्नेवेला लामो समय खडेरी परेर हाल दुई दिन पानी पर्दा करिब ८० प्रतिशतसम्म रोपाई भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।