निजी क्षेत्रको हिमालय एयरलाइन्सले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको समयमा १७७ उडानमार्फत साढे ३३ हजार नेपालीलाई स्वदेश ल्याएको जनाएको छ । कम्पनीले बुधबार सन् २०२०–२१ अवधिभर गरिएका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वको रूपरेखासहितको प्रतिवेदन सार्वजनिक गर्दै महामारीको समयमा दुई लाख डोज कोरोनाविरुद्वको खोप ल्याउन दुई करोड २५ लाख रुपियाँ बराबरको निःशुल्क चारवटा कार्गाे उडान गरेको जनाएको छ ।
आर्थिक वृद्धिको मुख्य आधार रहेको कृषिका लागि न छुट्टै ऐन छ, न राष्ट्रिय कृषि नीति नै । कृषिसम्बन्धी क्रियाकलाप बिनाऐन र नीतिबाट नै सञ्चालन भइरहेका छन् । हालसम्म कृषि गतिविधि निर्देशिका, नियमावली, कार्यविधिबाट नै सञ्चालन भइरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ऐन र नीति बनाउन पहल नगरेको पनि होइन । कृषि ऐन र नीति बनाउन कृषि मन्त्रालय विगत तीन÷चार वर्षदेखि मस्यौदामा नै अल्झेको छ । कृषि मन्त्रालयले कृषि ऐनको मस्यौदा तयार गरी त्यसमा थप सुझावका लागि नेपाल कानुन आयोगलाई पठाएको थियो । आयोगले सुझावसहित सो मस्यौदा मन्त्रालयलाई पठाएको झन्डै एक वर्ष हुन लागेको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने बताउनुभएको छ । राष्ट्रिय बीमा कम्पनीको बुधबार राजधानीमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा उहाँले तोकिएको समयसीमाभित्र तोकिएको पुँजी नपु-याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उहाँले बताउनुभयो ।
जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपालीले छिट्टै जापान जान पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत उच्च सीपयुक्त श्रमिक (एसएसडब्लू) जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयले तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठ लाई उक्त जिम्मेवारी तोकेसँगै उहाँ पहिलो महिला अधिकृत हुनुभएको छ ।
हाल बन्द रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले माग गरेका छन् । यो उद्योग करिब चार दशकअघि दोलखाको भीमेश्वर नगरपालिका–९ मा सञ्चालनमा आई १० वर्ष सञ्चालन भएर बन्द रहेको छ । ८० वर्षे आयोजना भनिएको यो उद्योग सञ्चालनमा सरकारको स्पष्ट र स्थिर नीति नभएको भन्दै स्थानीयवासीले पुनः सञ्चालनमा ल्याउन आवाज उठाएका हुन् ।
सेवासुविधा माग गर्दै मजदुर आन्दोलनमा उत्रिएपछि राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण छ दिनदेखि ठप्प रहेको छ । जिल्लाले तय गरेको दरअनुसारको ज्याला पाउनुपर्नेलगायतका १२ सूत्रीय माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएका मजदुर बुधबारसम्म काममा फर्किएका छैनन् । मागप्रति ठेकेदार चिनियाँ कम्पनी कोभेक सकारात्मक नभएकाले काममा कहिले फर्किने भन्ने निश्चित नभएको मज्दुरले बताएका छन् । सङ्घर्ष समितिका संयोजक सुब्बासिङ घिसिङले भन्नुभयो, “एक–दुई पटक चिनियाँ कम्पनीसँग पनि छलफलमा बस्यौँ तर हाम्रा माग सुन्नुको साटो उल्टै उनीहरूको गुनासो सुनेर आयौँ ।”
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसमक्ष पुनः बिग ब्यास लिग (बीबीएल) खेल्ने अवसर प्राप्त भएको छ । अस्ट्रेलियाको फ्रेन्चाई लिग बिग ब्यासले बुधबार २०२२/२३ का लागि सार्वजनिक गरेको ड्राफ्टमा लेग स्पिनर सन्दीप पर्नुभएको हो ।
उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज (विहीबार) पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफलबिना नै ऐन निर्माण हुनुका साथै प्रदेश–केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ।
पर्वत जिल्ला समन्वय समिति कालीगण्डकी नदीबाट नदीजन्य वस्तु उत्खनन कार्य तीन दिनभित्र रोक्न र त्यहाँ रहेका मेसिन औजार हटाउन निर्देशन जारी गरेको छ। सो समितिले नदीमा वर्षाको समयमा हुने दोहन रोक्नका लागि कालीगण्डकी नदीवरपर रहेका मेसिनरी औजार तीन दिनभित्र हटाउन निर्देशन दिएको हो। समितिले अनुमगन निरीक्षणक्रममा नदीकिनारमा मेसिन औजार नभेटिए पनि बालुवाको घाटगद्दी गरिएको पाइएको हुँदा मालढुङ्गा–बेनी सडकवरपर राखिएका साधन तत्काल हटाउन निर्देशन दिएको हो। वर्षात् सुरु भएसँगै नदीका अधिकांश ठाउँमा जबरजस्ती बालुवा निकालिँदै आएको छ।
बुटवलमा एक हजार जना अट्ने सभा हलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्य सकिएको छ। बुटवल–८, रामनगर (प्रदर्शनी मेला लाग्ने ठाउँ)मा करिब आठ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो।
‘बाक्लो र चिटिक्क मिलेको मगरबस्ती ‘महत गाउँ’ । गाउँको सिरानमा तत्कालीन अवस्थामा रहेको प्रहरीको नमुना चौकी । चौकी आक्रमणको योजनासहितको प्रशिक्षणमा तत्कालीन जनमुक्ति सेनाका कमान्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनसहितका लडाकुको मूर्ति । चौकी आक्रमण र प्रहरीले गरेको आत्मसमर्पणको झलक झल्किने दृश्य अनि तत्कालीन डीएसपी ठूले राईको अपहरणको सन्देश, केही शवका चित्र । त्यो कहालीलाग्दो विगत भुलाउन गाउँको बीचैमा बुद्धको मूर्ति र छेवैमा शान्ति स्मारक ।
स्याङ्जाका सिद्धार्थ पौडेल अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययनरत हुनुहुन्छ । आईएस्सी उत्तीर्ण गर्दैगर्दा उहाँलाई जुम्लामा एमबीबीएस पढाइ हुने कलेज छ भन्नेसमेत थाहा थिएन । एमबीबीएस तयारीमा रहेको बेला जुम्लामा चिकित्साशास्त्र पढाइ हुने खबर सुनेपछि उहाँले जुम्लामा गएर एमबीबीएस पढ्ने निधो गरी प्रवेश परीक्षामा सहभागी भएको बताउनुभयो । पढाइका लागि नाम निस्किएपछि जुम्ला आएको सुनाउँदै उहाँले भन्नुभयो, “सुरुमा कस्तो होला ? कसरी जुम्ला जाने भन्ने लाग्थ्यो । अहिले यस्तो राम्रो ठाउँमा आएर एमबीबीएस पढ्न पाउँदा खुसी लागेको छ । अब जुम्लाबाट चिकित्सक बन्ने सपना पूरा गर्दै छु ।”
बाजुरा जिल्लाका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ। पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो। पोषण पुनस्र्थापना गृह बाजुराका निर्मला विकका अनुसार जिल्लाको नौवटै स्थानीय तहका एक हजार ४१४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना