मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आव २०७८/७९ मा पाँच अर्ब २१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैङ्कको खुद मुनाफा तीन अर्ब ७९ करोड रुपियाँ मात्रै थियो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७५३ वटै स्थानीय तहलाई शिक्षक नियुक्त नगर्न निर्देशन दिएको छ। केन्द्रले हालै सूचना जारी गरी चालू आर्थिक वर्षको बजेटमा विद्यालय शिक्षा क्षेत्र योजनातर्फ ससर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी कार्यक्रम स्वीकृत भइसकेको हुँदा शिक्षक नियुक्त नगर्न भनेको हो। केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ को स्वीकृत बजेट र अनुदान कोटाभन्दा बढी शिक्षक नियुक्ति नगर्न नगराउन निर्देशन दिएको छ।
दुईवटा स्थानीय तहले पुल निर्माणका लागि नीति तथा कार्यक्रममा नै ३०/३० लाख रुपियाँ विनियोजन गरे पनि सम्बन्धित निकायले ठेक्का रद्द नगरिदिँदा मोरङको कानेपोखरी–रङ्गेली सडक खण्डअन्तर्गत कानेपोखरी– २ को गेउरिया खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अलपत्र छ। यो पुल दुई पालिकाको सिमानामा पर्छ।
सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब आयोग गठन गर्न लागेको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा उच्च स्तरीय तलब आयोग गठन गर्ने घोषणा गरेको थियो। सोही घोषणा कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोग गठनका लागि प्रारम्भिक गृहकार्य थालेको छ।
नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ। गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन सकेन।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीराकुमारी यादवको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी परेको छ। उपप्रमुख यादव भारतीय नागरिक रहेको र नेपालको नागरिकता किर्ते गरेर लिएको पाइएपछि उपप्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको हो।
सुदूरपश्चिम प्रदेशलाई मुलुकको अन्य भागसँग जोड्ने एक मात्र कर्णाली पुल निर्माण भएको तीन दशकसम्म पनि सामान्य मर्मतसम्भार हुन सकेको छैन। २०४४ सालमा निर्माण कार्य सुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको कर्णाली पुल हालसम्म एक पटकसम्म पनि मर्मत नहुँदा पुलका नटबोल्ट खसेर पुलका केही भाग हल्लिने गरेका छन्। जापानको कावासाकी हेभी इन्डिसट्रिजले पुल निर्माण गरेको थियो। एउटै जगमा दुईवटा खम्बामा बनाइएको पाँच सय मिटर लामो पुलको दुवैतिर ३०/३० वटा फलामे लठ्ठाको सहायताले सन्तुलन मिलाइएको छ। पुलको नियमित रूपमा बेलाबेला मर्मत सम्भार गर्नुपर्ने प्राविधिकहरूले बताएका छन्। खम्बाको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर लम्बाइ भएको पुलको सन्तुलन मिलाउन पूर्वतर्फ पुलमुनि झुन्डिएको घर र गोदाम बनाइएको छ।
काठमाडौंमा शनिबार बिहान नै भूकम्पको धक्का महसुस भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिवासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्र क्षे त्रको प्रभावकारी भूमिका रहेको बताउनुभएको छ । २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित आदिवासी चलचित्र प्रदर्शनी तथा सांंस्कृतिक कार्यक्रममा आज शुक्रबार मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
रामपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको विरोधमा नेविसंघले रिले अनशन सुरु गरेको छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णयको राजनीतिक दलका नेताहरुले स्वागत गर्नुभएको छ ।
साउनयता (तीन हप्ता) मा मृत्यु भएका कोरोना सङ्क्रमितमध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ ।
सुनको औठीं र आइफोनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–३ स्थायी घर भएका भुपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपाखर गाउँपालिका–८ स्थायी घर भएका भिमबहादुर तामाङ रहेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी हार्न नहुने बताउनुभएको छ । एमाले हार्दा देशले हार्ने उहाँको जिकिर छ । पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले शुक्रबार भक्तपुरको बोडेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।