एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी शनिबार भारत प्रस्थान गर्नुभएको छ । भारतको गोकुलम केरेला एफसीमा अनुबन्ध हुनु भएकी सावित्रा उज्बेकिस्तानमा अगस्ट २० देखि २६ तारिखसम्म हुने समूह चरणको खेल खेल्न भारत जानुभएको हो ।
नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विचार मिल्ने शक्तिसँग चुनावी तालमेल र गठबन्धन गर्ने बताउनुभएको छ ।
थारु समुदायको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु–२०२२’ हुने भएको छ । थारु समुदायको बाक्लो बस्ती रहेको देशका मुख्य शहरमा साउन २१ गतेदेखि अडिसन सुरु हुने आयोजनाका प्रमुख कार्यकारी अधिकृत सुरेशकुमार चौधरीले बताउनुभयो ।
चौथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जित्नुभएको छ । सातदोबाटोस्थित राष्ट्रिय स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापामगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि जित्नुभएको हो ।
सप्तरीको दुई पालिकामा बनाइएको हप्ता दिन नबित्दै मन्दिर भत्किएको छ । खडक नगरपालिका र तिरहुत गाउँपालिकामा दश–दश लाख रुपियाँ लागतमा एकै डिजाइनमा बनेको मन्दिर भत्किएको हो ।
साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । भारतको भुवनेश्वरमा शुक्रबार राति भएको फाइनल खेलमा भारतले बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हरायो ।
पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ । राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो ।
काठमाडौंको प्रकृति पनि त्योभन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्री गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ ।
कपिलवस्तु शिवराज नगरपालिका ६ का कृषकले कृषि सहकारीबाट खरिद गरेको मलको बोराभित्र इँटा र ढुङ्गा फेला परेको छ । नगरपालिकाको वडा ५ मा रहेको रामनारायण कृषि सहकारीबाट खरिद गरिएको मलमा इँटा र ढुङ्गा फेला परेको हो ।
दक्षिण कोरियामा पछिल्ला केही दिनदेखि लगातार दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १० हजार ६६६ जना नयाँ सङ्क्रमित भएका हुन् ।
प्रतिनिधिसभा बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा निलम्बित जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो ।
उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले सङ्घीय संसद्मा मतदान भएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् ।
नियमित परेको पानीका कारण मेलम्ची, हेलम्बु क्षेत्रमा बाढी उर्लिएको छ । बाढीले तालामाराङ, चनौटे ढंगे बजार क्षेत्र र त्यहाँका सडकलाई जोखिममा पारेको जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।
काठमाडौं, साउन २१ गते । फिल्म ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको हो । फिल्मको ट्रेलरमा पूजा, आकाश र सुनम तोप्देन देख्न सकिन्छ । त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित रहेको यो फिल्मबाट तोप्देनको पहिलो डेब्यु फिल्म हो । फिल्मको कथा यीनै तीन पात्रका बीचमा घुमेको छ । फिल्म एबी इन्टरनेसनलको ब्यानरमा निर्माण गरिएको हो । महेश दवाडीले लेख्नुभएको पटकथामा आधारित फिल्ममा शर्मा, श्रेष्ठ र तोप्देनबाहेक सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्म भदौ १७ गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउने छ।