कोभिड महामारी सुरु हुनुअघि पनि थुप्रै प्रकारको महामारी विश्वले झेलेको थियो। ती महामारीमध्ये केही महामारी खास क्षेत्रमा सीमित थियो भने केही महामारीको प्रभाव विश्वभर फैलन वर्षौं लागेको थियो। सम्पूर्ण विश्वलाई तीव्र रूपमा प्रभावित गरेको महामारी सम्भवतः कोभिड नै हो। वुहानदेखि साओ पाउलोसम्म कोभिड–१९ को सङ्क्रमण र मृत्युदरको चर्चा संसारभर नै भइरह्यो र अहिले प्रभावकारी भ्याक्सिन उपलब्ध भइसक्दासमेत कोभिडको सन्त्रास हटिसकेको छैन। सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेको छ।
बङ्गलादेशले नेपाललाई आफ्ना दुई सामुद्रिक बन्दरगाहसहित एउटा विमानस्थल प्रयोग गर्न प्रस्ताव गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गर्नुभएको हो । बङ्गलादेश भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले बन्दरगाह प्रयोगको प्रस्ताव गर्नुभएको हो । बङ्गलादेशले यसअघि पनि नेपाललाई आफ्ना मोङ्गला र चट्टोग्राम बन्दरगाह प्रयोगका लागि प्रस्ताव गरेको थियो । “हाम्रा मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ,” नेपाली टोलीसँग भेटका क्रममा उहाँले भन्नुभयो ।
चितवन जिल्लामा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भन्दा झन्डै ५५ हजार मतदाता बढ्ने देखिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार २०७४ सालको सम्पन्न संसदीय निर्वाचनमा चितवनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए। यो सङ्ख्या बढेर गत वैशाखमा सम्पन्न दोस्रो स्थानीय तह पदाधिकारी निर्वाचनमा तीन लाख ९७ हजार ६८५ पुगेको थियो। निर्वाचन कार्यालयका अनुसार गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि जिल्लामा १४ हजार ७३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
कान्ति बाल अस्पतालमा क्यान्सर उपचारका लागि छुट्याएको २६ शøया भरिएको छ। तीबाहेक छ शøया डे केयरका लागि छुट्याइएको छ। छवटा शøयामा छोटो अवधिका लागि मात्र क्यान्सरपीडित बालबालिकाको उपचार हुँदै आएको छ। कान्ति अस्पतालका निर्देशक डा. युवा बसौलाले अस्पतालमा चार महिनादेखि १४ वर्ष उमेरसम्मका बालबालिका क्यान्सरको उपचार गराउन आएको बताउँदै तीमध्ये सबैभन्दा बढी रक्त क्यान्सरसम्बन्धी पीडित बालबालिका रहेको जानकारी दिनुभयो।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आइतबारदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ। सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच मन्त्री अथकले उक्त कृति बिमोचन गर्नुभएको हो ।
अष्ट्रेलियामा आयोजना भएको सेना प्रमुखहरुको सम्मेलनमा सहभागि भई प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार स्वदेश फिर्ता हुनुभएको छ । यही साउन ९ गते देखि ११ गतेसम्म अष्ट्रेलियाको सिडनीमा आयोजित ‘बार्षिक चीफ्स अफ डिफेन्स’ ९सिएचओडी० सम्मेलन–२०२२ मा सहभागी रहनु भएका सेनापति शर्मा शुक्रबार स्वदेश फर्किनु भएको छ ।
युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ शनिबार राजधानीमा सार्वजनिक गरिएको छ । गीतकार डा. कृष्णहरि बराल, कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो ।
लुम्बिनी प्रदेशले एक बर्षको अवधिमा २०२ किलोमिटर सडक कालोपत्रे गरेको छ भने २७५ किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ६८२ कोरोना परीक्षण गर्दा ६६० जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले काम गर्ने आश्वासन समेत दिनुभयो ।
आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २–० गोलले हरायो ।
साविक विजेता बायर्न म्युनिखले नयाँ सिजनको जर्मन बुन्डेसलिगामा सानदार सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा बायर्न म्युनिखले घरेलु टोली इनट्राक्ट फ्रान्कफर्टलाई ६–१ गोलले हरायो ।
बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताउनु भएको छ ।