काठमाडौं, साउन २२ गते । नेटफ्लिक्स हिट 'द ग्रे मेन'को सिक्वेल बन्ने भएको छ । अभिनेता धनुषले यसमा आफू हत्यारा अविक सान उर्फ द लोन वुल्फको भूमिकामा फर्किने घोषणा गर्नुभएको हो ।धनुषले इन्स्टाग्राममा एक भिडियो क्लिप पोस्ट गर्नुभएको छ जसमा उहाँ हलिउड स्टार रयान गोसलिङका सीआईए कोर्ट जेन्ट्री उर्फ सिएरा सिक्सासँग देखिएको छ । अडियो क्लिप सेयर गर्दै धनुषले ‘ग्रे मेन युनिभर्सको सिक्वेल आउँदैछ, लेख्नुभएकाे छ ।हलिउड फिल्म 'द ग्रे मेन' सन् २००९ मा रिलिज राइटर मार्क ग्रेनीको उपन्यासमा आधारित छ । फिल्ममा धनुषकासँगै गोस्लिङ, इवान्स, एना डे अर्मास, रेगे जीन पेज र जेसिका हेनविक प्रमुख भूमिकामा छन् ।
किरात राई यायोक्खाले गोरखापत्रका सहसम्पादक राजेश चाम्लिङ राईसहित विभिन्न व्यक्तित्वलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मध्यप्रदेशका पूर्व मुख्यमन्त्री एवं राष्ट्रवादी कांग्रेसका अध्यक्ष शरद पवारबीच भेटवार्ता भएको छ।
काठमाडौं, साउन २२ गते । नेपालमा २४ घण्टामा ५५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७८९ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ५५३ जनामा कोरोना पुष्टि भएको हो ।दुई हजार ४० जनाको पीसीआर गर्दा ४५१ र एक हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जना सङ्क्रमित भएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी २६४ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा १८६, ललितपुरमा ५४ र भक्तपुरमा २४ जना छन् ।सोही समयमा ४३३ जना सङ्क्रमणमुक्त भएका छन् छ । पछिल्लाे २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।२४ घण्टामा १६ हजार ९६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६५९ छन् ।
रुकुम पश्चिममा निरन्तरको वर्षाको कारण आएको पहिरोले विभिन्न संरचनामा क्षति पुगेको छ ।
काठमाडौं, साउन २२ गते । फिल्म 'झिँगे दाउ'को ट्रेलर सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका छ ।फिल्मका सह-निर्माता सुशील दाहाल र इश्वर घिमिरे हुनुहुन्छ । फिल्ममा प्रदीप भारद्वाजको कथा र संवाद, विष्णु घिमिरे 'कल्पित'को छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । भीमनिधि तिवारीको चर्चित कृति 'झिँगे दाउ'मा आधारित रहेर यो फिल्म तयार पारिएको हो । फिल्म भदौ १७ गतेबाट रिलिज हुनेछ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दृढ सङ्कल्प साथ चुनावमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । स्थानीय तहको निर्वाचनमा हिजोका दिनमा एक्लाएक्लै चुनाव लड्दा २९४ सिटमा जितेकोमा अहिले गठवन्धनसँग लड्दा २०६ जितेको आधारमा दृढ संकल्पकासाथ चुनाव लड्दा जित्न सकिन्छ भन्ने आधार प्रष्ट भएको उहाँको भनाइ छ ।
बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्दै बालपार्क निर्माण सुरु भएको छ । बालपार्क निर्माणका लागि बर्षौसम्म पहल भए पनि विभिन्न कारण निर्माण सुरु हुन नसक्दा खाली जग्गा नै अतिक्रमणको जोखिम बढेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिकाले आईतबार बालपार्क निर्माणका लागि शिलान्यास गरेको हो ।
बाँकेको कोहलपुर –२, बर्दहवाको लक्ष्मण टोलमा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार शनिबार राती आफ्नै घरमा करिब २५ वर्षिया प्रशंसा आचार्यको करेन्ट लागेर मृत्यु भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलङ्कामा सेप्टेम्बर ५ देखि १४ तारिखसम्म आयोजना हुने साफ यू–१७ फुटबल च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गरेको छ ।
लन्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा चेल्सीले शनिबार राति एभर्टनलाई उसैको मैदानमा १-० गोलले हरायो । चेल्सीको जितमा जर्जिन्होले निर्णायक गोल गर्नुभयो ।
अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले क्लेरमन्ट फुटलाई उसैको मैदानमा ५-० गोलले हरायो ।
म्याग्दी सदरमुकाम बेनीमा बर्खे नाच अन्तर्गत लाखे नाच देखाउँदै
नीलो नीलो आकाशमा बादलको रुख । त्यही रुखमा हेर साथी हात्तीजस्तो रूप ।