पूर्वाधार विकास कार्यालय, रौतटहका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजीप्रसाद रायसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेकपा (माओवादी केन्द्र)का सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद सात सदस्यीय बनाउन सरकारसँग माग गर्नुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्रीले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताउनु भयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको विकास हुन नसक्नुमा राजनीतिज्ञले सर्वज्ञाता बन्ने प्रवृत्ति नै मुुख्य बाधक भएको बताउनुभएको छ । डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको आयोजनामा चन्द्रगढीमा सम्पन्न मुलुकको समसामयिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
काठमाडौं, साउन २३ गते । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ ।गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्वजनिक म्यूजिक भिडियोलाई गायिका प्रिती आलेले नै निर्देशन गर्नुभएको हो । यस्तै, दुर्गा पौडेलले छायांकन गर्नुभएको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गर्नुभएको छ । भिडियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ ।
असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै नायब सुब्बा (नासु)हरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालय अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढङ्गले बढाउन माग गर्दै धर्ना दिएका हुन् ।
सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गर्नुभएको छ ।
काठमाडौं, साउन २३ गते । हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामनासहित लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटाको आवाजमा नयाँ तिज गीत 'भाउ बढ्यो' सार्वजनिक भएको छ ।दोहोरी गायक अर्जुन सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना 'गुरुआमा'ले गाउनुभएको गीतमा सुमन ढकालको शब्द सृर्जना छ भने गायक सापकोटाकै लय रहेको छ । गीतमा विश्वास नेपालको संगित संयोजन छ । मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ ।गीतको म्युजिक भिडियोमा अर्जुन सापकोटा, स्मृति तिमिल्सिना र सुमन ढकालको अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले छांयाकन एवम् प्रकाश धमलाले सम्पादन गर्नुभएको हो ।
दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको ढाँचासहित सुझाव दिन गठित सत्तारुढ पाँच दलीय कार्यदलको पहिलो बैठक सोमबार बस्दैछ ।
सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ ।
इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्धविराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ ।
डेब्यु खेलमै युवा स्टार एर्लिङ हालान्ड चम्किएपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा सिटीले आइतबार राति वेस्ट हाम युनाइटेडलाई २-० गोलले हरायो ।
सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चार हजार दुईसय ७५ मिटर लामो सुरुङको ब्रेकथ्रु भएसँगे आयोजनाको कामले गतिलिएको छ ।