सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यक्रम रहेको छ ।
आज मङ्गलबार (साउन २४ गते) २८ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस । आदिवासी जनजातिले विभिन्न कार्यक्रमहरु गरेर यो दिवसलाई बर्षेनि भव्य रुपमा मनाउँदै आएका छन् । सरकारले ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । यी जातिहरुको पहिचान झल्कने गरी सरकारले आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गरेको छ ।
भाइबहिनीहरू ! तिमीहरू सानै उमेरबाट लेखपढ गर्न थालेका छौ । तिमीमध्ये केहीलाई लेख्न पढ्न निकै रमाइलो लाग्छ । केहीलाई भने पढ्न लेख्न मनै लाग्दैन होला । साँच्चै तिमीमध्ये केहीले त भविष्यमा राम्रो काम पाउन र प्रशस्त धन कमाउनुपर्छ भनेर पनि पढिरहेका छौ होला । भविष्यमा केही राम्रो गराँै भनेर । अहिले मेहनत गर्नु निश्चय पनि राम्रो कुरा हो । विद्यालयमा तिमीले भाषा, विज्ञान, गणित र सामाजिक विषय पढ्छौ होला । र, यी विषय पक्कै पनि परीक्षा पढ्नकै लागि बनाइएका विषय होइनन् । हामीले अरूसँग कसरी कुराकानी गर्नुपर्छ ? प्रकृतिमा विभिन्न घटना के कारणले भइरहेका छन् ? विभिन्न फरक तर्क दिनसक्ने र ज्ञान लिएर विषय वस्तुमा समाधान दिन सक्ने बन्न विज्ञान र गणित विषय पढेका छौ नै । यसबाहेक सामाजिक विषयले समाजमा कसरी बस्ने ? छिमेकीसँग कस्तो व्यवहार गर्नेलगायतका कुरा सिकाउँछ । तिम्रो विद्यालयमा नृत्य, कला, सङ्गीत, स्वास्थ्य तथा शारीरिकलगायतका विषय पनि पठनपाठन हुने गर्दछन् क्यारे !
चौतारा साँगचोकगढी नगरपालिका ठूलोसिरुवारी जङगलछापमा पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ । सोमबार राती पानीसँगै गएको पहिरोका कारण १२ घर उच्च जोखिममा परेको छ ।
विमला अधिकारी देवकोटाको मनकली उपन्यासको शीर्षकबाट प्रभावित भएँ । नेपाली समाजको मीठो र मौलिक नाम । पुस्तक पनि पक्कै सुस्वाद हुनुपर्छ भन्नेमा आशावादी भएँ । उपन्यासभित्र भारती गौतम, कृष्ण धरावासी, हेमनाथ पौडेल, कुसुमाकर न्यौपाने, भरत सापकोटाका शुभकामना मन्तव्य थिए भने प्रकाशकीयका तर्फबाट ज्ञानेन्द्र गदालका पुष्पगुच्छा । स्वयं लेखकले आफू २०६२ सालमा इजरायलमा रोजगारीको सिलसिलामा जाँदा ‘मेरा कुरा’मा उपन्यास कसरी सिर्जना गरेँ भनेर स्पष्टोक्ति दिएकी छन् । उनका अनुसार सुदूर पश्चिमकी सहकर्मी साथी इजरायलमा भेटेको र उनको कथा सुनेपछि उपन्यास लेख्न प्रेरित भएको कुरा व्यक्त गरेकी छन् ।
चलचित्र ‘महापुरुष’ को पहिलो ‘लुक’ पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र आगामी कात्तिक ११ गते प्रदर्शन हुने भएको छ। प्रचारका लागि निर्माण पक्षले दुईवटा पोस्टर सार्वजनिक गरेको छ। दुवै पोस्टरमा हरिवंश आचार्य हुनुहुन्छ। एउटा पोस्टरमा भने भने हरिवंश र गौरी मल्ल बेहुला बेहुलीको भेषमा भागिरहेको देख्न सकिन्छ।
गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन अवधि थपिएको छ। साउन ५ गतेदेखि मञ्चन भएको नाटक दर्शको आग्रहमा साउन २८ गतेसम्म थपिएको वरिष्ठ रङ्गकर्मी अशेष मल्लले जानकारी दिनुभयो।
देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।
महालक्ष्मी विकास बैङ्कले छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ । योजनामा १० हजार रुपियाँमै मुद्दती खाता खोल्न सकिने र ७० महिनामै मुद्दती रकमको दुई गुणा रकम भुक्तानी गरिने कुरा बैङ्कले जनाएको छ । बैङ्कमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्ने बैङ्कले जनाएको छ ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः नियुक्त हुनुभएको छ । सञ्चालक समितिको १२०औँ बैठकको निर्णयअनुसार प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्तलाई सोमबारदेखि लागू हुने गरी दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो । नवनियुक्त सीईओ श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
देशकै सबभन्दा पुरानो सप्तरीको चन्द्रनहर सिँचाइ आयोजनालगायतका वितरण प्रणालीमा बाढीले कटान गर्दा त्यसवरिपरिका घर जोखिममा रहेको छ। सप्तकोसी नगरपालिकामा रहेको स्थानीय अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्गालगायतका खहरे खोलामा आएको बाढीले राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको चन्द्रनहर भत्काएको स्थानीयवासीले बताएका छन्।
पोखरा महानगरपालिका–२५, हेम्जा हुँदै जाने मध्यपहाडी लोकमार्ग क्षेत्र ‘भाइरल रोड’का नामले चिनिन्छ। फराकिलो सडक, रङरोगन र ट्राफिक सङ्केत जनाउने अनेक रेखा र चिह्नले सडकलाई आकर्षक बनाएको छ। त्यही सडकमा पुगेर ‘टिकटक’ बनाउन फोटो खिच्नेहरूका कारण यो ‘भाइरल रोड’ बन्न पुग्यो। पोखरा–बागलुङ सडकखण्डअन्तर्गत मध्यपहाडी लोकमार्गको यो सडकमा पछिल्लो समय अत्यधिक दुर्घटना हुन थालेको छ। केही वर्षपहिलेसम्म थोरै मात्रामा घर रहेको हेम्जा अहिले बजारमा परिणत भएको छ।
देशको कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको योगदान १४ प्रतिशत रहेको छ । प्रदेशमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ४५ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.३७ प्रतिशत हुने अनुमान रहेको लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयले जनाएको छ । जुन नेपालको चालू आर्थिक वर्षको अनुमानित आर्थिक वृद्धिदर ५.८४ प्रतिशतको नजिक रहेको छ ।