कपुरकोट बजार पहिरोको जोखिममा परेको छ । खारा पहिरोको कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार, राप्ती लोकमार्ग वर्षेनि भासिँदै गएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रंगशालाको अवलोकन गर्नुभएको हो ।
नेपाल एसिया रग्वी सेभेन्स ट्रफीको सेमिफाइनलबाट बाहिरएको छ । सात राष्ट्र सहभागि रग्वी सेभेनमा नेपाल पाँचौ स्थानका लागि भएको सेमिफाइनलमा नेपाल मंगोलियासँग १०–५ ले पराजित भयो ।
काठमाडौं महानगरपालिकाका सवारी साधनमा तोडफोड भएपछि मङ्गलवार फोहोर व्यवस्थापनको काम प्रभावित भएको छ । सोमवार राति ९ बजे फोहोर बोकेर गएको गाडीमा तोडफोड भएको थियो । काठमाडौं महानगरपालिकाका अनुसार तोडफोड गरिएका सवारी साधन र उपकरुण काम नलाग्ने भएपछि आज फोहोर व्यवस्थापनको काम हुन नसकेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारी स्वामित्वमा सञ्चालित सार्वजनिक सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिहरूसँग सबै राजनीतिक दललाई समान व्यवहार र हैसियत प्रदान गर्न आग्रह गर्नुभएको छ ।
काठमाडौं, साउन २४ गते । फिल्म 'ब्रह्मास्त्र'को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्मको ‘देवा देवा’ बोलको गीत हालै सार्वजनिक भएको हो । यसअघि फिल्मको ‘केशरिँया’ बोलको गीत सार्वजनिक भएको थियो । त्यसपछिको यो दोस्रो गीत सार्वजनिक गरिएको हो । प्रितमको संगीत तथा अमिताभ भट्टाचार्यको शब्द रहेको गीतलाई अरजित सिंह र जोनिता गान्धीले स्वर भर्नुभएको छ । भिडियोमा रणवीर, आलिया भट्ट र अमिताभ बच्चन फिर्चड हुनुुहुन्छ । आयान मुखेर्जीको निर्देशनमा बनेको ‘ब्रह्मास्त्र’ सेप्टेम्बर ९ मा प्रदर्शनमा हुने भएको छ ।
‘ग्रीन क्लिन धनगढी’ अभियान सञ्चालन हुँदै आएको धनगढीको सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको छ । धनगढी बजारसँग जोडिएको वडा नम्बर ७ स्थित देवहरिया र मनहेरा सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको हो । बजारका फोहोर जथाभावी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको छ ।
असमान रुपमा भएको तलब वृद्धिको विरोधमा गुल्मीका विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बाहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
नेकपा (एमाले)का सांसद विन्दा पाण्डेले अगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्येक दलले लैङ्गिक आधारमा समानुपातिक सङ्ख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गर्नुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ ।
नेकपा (एकीकृत समाजवादी)का सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने बताउनुभएको छ ।
प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले नेपालको निजामती कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताउनुभएको छ । मङ्गलवार प्रतिनिधिसभा बैठकमा समय माग गर्दै सांसद त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण रहेको बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढङ्गले सिट बाँडफाँड हुनुपर्ने बताउनुभएको छ ।
मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ ।