आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन् ।
लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ।
गोरखापत्र संस्थानमा कार्यरत फोटो पत्रकार विकास द्वारे मङ्गलबार ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२’ बाट सम्मानित हुनुभएको छ ।
मुगुका डिभिजन वन अधिकृत भरतबहादुर बुढथापासहित अन्य १३ कर्मचारीमाथि ३२ लाख ४९ हजार १९० रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मंगलबार उनीहरुविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
नेपाल र केन्याबीच हुन लागेको टी–२० र एक दिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार केन्या भ्रमणको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्त्व भएको बताउनुभएको छ।
काठमाडौं, साउन २४ गते । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्म 'दुई नम्बरी'को टिजर सार्वजनिक भएको छ । फिल्मको टिजरमा मुख्य कलाकार सौगात र दयाहाङसँगै अभिनेता बुद्धि तामाङ, उग्येन चोदेन, उपासना सिंहलगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।सामाजिक कथावस्तुमा बनेको फिल्ममा अभिनेत्री उग्येन र उपासनाका अभिनय पनि देख्न सकिन्छ । फिल्मलाई दिपक मनांगे, अमला देवी राई र जयश श्रेष्ठको लगानीमा निर्माण गरिएको छ । फिल्ममा पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा निमेश श्रेष्ठले सम्पादन गर्नुभएको हो ।
टेबुल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठ टेुबल टेनिस खेल छाडेर अष्ट्रेलिया जान लाग्नुभएको छ । उहाँ उच्च शिक्षा अध्ययन गर्नका लागि अष्ट्रेलिया जान लाग्नुभएको हो ।
भोटराज राईउदयपुर, साउन २४ गते । सप्तकोसी कटानले एक सातायता डुबानमा परेको उदयपुर र सुनसरीको प्रभावित क्षेत्रमा जोखिम कायमै भएकाले स्थानीय घर फर्किन सकेका छैनन् । सप्तकोसीको भङ्गालो पसेर डुबानमा परेपछि सुरक्षित स्थानमा बस्दै आएका करिब दुई हजार पाँच सय घर परिवार प्रभावित जोखिम कायम रहेकाले घर फिर्न सक्ने अवस्था नरहेको बेलका नगर प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो । सप्तकोसीमा पानीको बहाव घटे पनि कटानस्थानबाट भङ्गालो पसिरहेकाले प्रभावित क्षेत्रमा डुबान कायमै छ । उदयपुरको बेलका नगरपालिका –८, डुम्रिबोटेमा कटानपछि बस्तीमा पसेको भङ्गालेले बेलका–२, ३, ८ र ९ को भूभाग डुबानमा छ । त्यस्तै सुनसरीको बराहा नगरपालिका ६ र ९ को भूभाग पनि डुवानमा छन् । डुवानले जनजीवन प्रभावित छ जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार सबैभन्दा बढी प्रभावित बस्ती कोसी एबीसी टप्पु, भाटे, सिसौली, एकता, चिल्म, दुर्गा मन्दिर, बानडाँडा हुन् ।मंगलबार सप्तकोसीको बहाव एक लाख ५० हजार ८७२ रहेको छ भने भारदहको पुलमा २२ वटा ढोकाखोलिएको सुुनसरी प्रशासनले जनाएको छ ।
मुलुकमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रम जारी रहेको छ । पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार तीन एन्टिजेन र पीसीआर परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना पुष्टि भएको हो ।
नेपालका गुणराज रुचालले कम्बोडियामा हुने प्रोफेसनल मुवा थाईमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय मुवा थाई विजेता गुणराजलाई मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले विदाई गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा बसेर काम गर्न कठिन नभएको बताउनुभएको छ ।
नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन हुने भएको छ।
काठमाडौं, साउन २४ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि एमालेले मङ्गलबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो । दल दर्ताका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठलगायत नेताहरु निर्वाचन आयोगमा पुग्नुभएको थियो। आयोगमा पत्रकारसँग कुरा गर्नु हुँदै एमाले महासचिव शङ्कर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ। आयोगमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा स्वीकार्य भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा नहुने उहाँले प्रष्ट पार्नुभयो।महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोपसमेत लगाउनुभयो। उहाँले एमालेले पार्टीको नीतिसँग सहमत हुने दलसँग मात्र तालमेल गर्ने बताउनुभयो। ‘‘नेकपा (एमाले) आफ्नो नीतिको आधारमा अघि बढ्छ। आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्छ। आफ्नो नीतिलाई छोडेर कुनै पनि प्रकारको गठबन्धनको पक्षमा एमाले छैन’’, उहाँले भन्नुभयो।महासचिव पोखरेलले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पार्नुभयो।