जनगणनामा नागरिक दायित्व
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७७ बिहीबार
देशमा अक्सर बसोवास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगी निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिहरूकोे जनसाङ्ख्यिक, सामाजिक तथा तथा आर्थिक विवरणहरू सङ्कलन गर्ने र यसरी सङ्कलित तथ्याङ्कको प्रशोधन, सारिणीकरण एवम् प्रकाशन गर्ने समष्टिगत प्रक्रियालाई जनगणना भनिन्छ । जनगणनाबाट सङ्कलन भएका तथ्याङ्क देशको सामाजिक तथा आर्थिक विकासका लागि योजना तर्जुमा, अध्ययन, अनुसन्धान गर्न अति नै उपयोगी...