logo
२०८० चैत्र १६ शुक्रवार



गीत

शनिवार |


गीत


जेबी खत्री

हिमाल, पहाड, तराईको एउटै गीत गाएँ मैले
बिना भेदभाव सबैसँग समान प्रीत लाएँ मैले ।

हिमाल पग्ली बगेका ती हिमनदीहरूसँग
पहाडका हरियाली डाँडाकाँडाहरूसँग ।

तराईको फाँटसम्म एउटै गीत गाएँ मैले
बिना भेदभाव सबैसँग समान प्रीत लाएँ मैले ।

हिमालजस्तो शिर अनि पहाडजस्तो छातीसँग
नङ–मासुको सम्बन्ध छ काखजस्तो तराईसँग ।

हिमाल, पहाड, तराईको छुटाइनँ गीत मैले
बिना भेदभाव सबैसँग समान प्रीत लाएँ मैले ।

हिमाल, पहाड, तराईको एउटै गीत गाएँ मैले
बिना भेदभाव सबैसँग समान प्रीत लाएँ मैले ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?