logo
२०८० चैत्र १६ शुक्रवार



सिटामोललगायतका अत्यावश्यक औषधि सहज उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश

राष्ट्रिय |


सिटामोललगायतका अत्यावश्यक औषधि सहज उपलब्ध गराउन सरकारलाई सर्वोच्चको आदेश


काठमाडौं, माघ ११ गते । सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारको नाममा अल्पकालीन अन्तरिक आदेश जारी भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

अधिवक्ता टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो । उक्त रिटमा अन्तरिम आदेश माग गरिएकोमा आदेशबारे छलफलका लागि न्यायाधीश शर्माले माघ १७ गतेलाई पेशी तोक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?