logo
२०८० चैत्र १५ बिहीवार



राष्ट्रियसभा सदस्य निर्वाचन : कस्तो छ मतभार

राष्ट्रिय |


राष्ट्रियसभा सदस्य निर्वाचन : कस्तो छ मतभार


काठमाडौं, पुस ३० गते । माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यहरु पाँच सय ३२ तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख र उपप्रमुख गरी जम्मा दुई हजार २५ जना मतदाताको नामावली निर्वाचन आयोगले प्रकाशन गरिसकेको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पछिल्लो राष्ट्रिय जनगणना अनुसारको देशको कुल जनसंख्यालाई प्रदेश सभा सदस्यको कूल संख्याले भाग गर्दा आएको संख्यालाई पनि एक हजारले भाग गर्दा आएको संख्या अनुसार प्रदेश सभा सदस्यको मतभार ४८ भएको हो ।
यसैगरी, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार १८÷१८ छ । देशको कुल जनसंख्यालाई एक हजारले भाग गर्दा आएको संख्यालाई सात सय ५३ स्थानीय तहको संख्यालाई दुईले गुणन गरी आएको संख्याले भाग गर्दा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख, उपप्रमुखको मतभार १८ हुन आएको हो ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख गरी जम्म २७२ जना हुनुहुन्छ । यसैगरी प्रदेश सभा सदस्यको संख्या ९२ छ ।

प्रदेश २ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या २६८ छ । प्रदेश सभा सदस्यको संख्या १०४ छ ।

बागमती प्रदेशमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या २३७ छ । प्रदेश सभा सदस्यको संख्या १०९ छ ।

गण्डकी प्रदेशमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या १७० छ । प्रदेश सभा सदस्यको संख्या ५९ छ ।

लुम्बिनी प्रदेशमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या २१५ छ । प्रदेश सभा सदस्यको संख्या ८१ छ ।

कर्णाली प्रदेशमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या १५६ छ । प्रदेश सभा सदस्यको संख्या ३५ छ ।

सुदूरपश्चिम प्रदेशमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको जम्मा संख्या १७५ छ । प्रदेश सभा सदस्यको संख्या ५२ छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रदेश सभा सदस्यको मतलाई ४८ ले गुणन गर्दा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुखको १८ ले गुणन गर्दा आउने संख्या पूर्ण मतदाता संख्याको रुपमा हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?