logo
२०८० चैत्र १५ बिहीवार



चीनमा अध्ययनरत विद्यार्थीले इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन

राष्ट्रिय |


चीनमा अध्ययनरत विद्यार्थीले  इन्टर्नसीप गर्न पाउनु पर्ने माग गर्दै प्रदर्शन


काठमाडौँ, मङ्सिर १५ गते । चीनबाट एमबीबीएस अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसीप गर्न पाउनु पर्ने माग राख्दै नेपाल मेडिकल काउन्सिलमा शान्तिपूर्ण प्रदर्शन उत्रिएका छन् । चीन सरकारको छात्रवृत्ति र आफ्नै लगानीमा विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका विद्यार्थी नेपालमै इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् ।

६ महिना अगाडि ५ वर्षे चिकित्साशास्त्र कोर्ष पूरा भए पनि इन्टर्नसीप गर्न नपाएपछि आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । काउन्सिलले २०१५ र १६ औँ ब्याचमा चीनका विभिन्न विश्वविद्यालयबाट अध्ययन पूरा गरेका १५३ विद्यार्थीलाई नेपालमा इन्टर्नसीप गर्न स्वीकृति नदिएको उनीहरुको दाबी छ ।

कोरोना महामारीका कारण उनीहरुले एक वर्षको एमबीबीएसको पढाई अनलाइनबाट पढेको थिए । अनलाइन कक्षाबाट पढाई पूरा गरेकाले इन्टर्नसीप गर्न पाउनुपर्ने माग राख्दै उनीहरु ६ महिनादेखि काउन्सिल धाइरहेका छन् ।

सरकारले २०७७ साल वैशाख २३ गते काउन्सिलले सूचना निकाल्दै अनलाइन कक्षालाई मान्यता दिएपछि उनीहरुले अनलाइनबाटै अध्ययन गरेको दाबी गरेका छन् ।

उनीहरुका अनुसार गत असोज १० गते प्रतिनिधि सभाको संसदीय समितिले २०१५ र १६ ब्याचका विद्यार्थीलाई पनि इन्टर्नसीपको व्यवस्था गर्न निर्देशन दिएको थियो । तर काउन्सिलले मङ्सिर १० गते सूचना जारी गर्दै ‘सन् २०१६ र त्यसपछि भर्ना भएकाको हकमा प्रयोगात्मक कक्षा बिना गरिएको अनलाइन अध्ययन अवधिलाई मान्यता दिन नहुने’, भनेको छ ।

उक्त निर्णयले आफूहरु दोहोरो मारमा परेको विद्यार्थीको भनाइ छ । विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको उनीहरुले आरोप लगाएका छन् । फेरि पढ्दा दोहोरो खर्च हुने र अर्को एक वर्ष समय खेर जाने उनीहरुको भनाइ छ ।

सम्बन्धित विश्वविद्यालयले अनलाइन कक्षालाई मान्यता दिँदै परीक्षा लिएर नतिजा दिइसकेकोले काउन्सिलले पनि मान्यता दिनुपर्ने उनीहरुको माग छ । काउन्सिलले बाँकी रहेको सैद्घान्तिक कक्षा प्रयोगात्मक सहितको कक्षा लिनुपर्ने र त्यसपछि मात्रै इन्टर्नसीप गर्न दिने बताउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?