logo
२०८१ बैशाख ७ शुक्रवार



हस्तकलाको ऐतिहासिक पक्ष विमोचन

कला |


हस्तकलाको ऐतिहासिक पक्ष विमोचन


काठमाडौं, मङ्सिर १५ गते । प्राज्ञ धर्मराज शाक्यद्वारा लिखित पुस्तक “हस्तकलाको ऐतिहासिक पक्ष”, विमोचन गरियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यल्े एक समारोहकाबीच पुस्तक विमोचन गर्नुभयो ।
पुस्तक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभागद्वारा प्रकाशन गरिएको हो । पुस्तकका बारेमा बोल्दै कुलपति कर्माचार्यले नेपाली हस्तकलाको इतिहास निकै लामो र समृद्ध रहेको बताउनु भयो ।
पुस्तकमा हस्तकलाको विविध पक्षलाई केलाएर लेखकले यो क्षेत्रमा महत्वपूर्ण गुन लगाएको बताउनुभयो । समारोहमा विशेष अतिथि संस्कृतिविद् डा. गोविन्द टण्डनले नेपाली संस्कृति र कलाको संरक्षण र संवद्धनका लागि खोज अनुसन्धान निरन्तर हुनुपर्ने बताउनुभयो ।
लेखक आफै कुशल शिल्पी र कला र संस्कृति विषयका अध्यता भएकाले निकै गहन अध्ययन र खोज गरि यो पुस्तक तयार पारेको पाएको बताउनु भयो ।
कार्यक्रममा उप प्राध्यापक लेजविलास अधिकारीले पुस्तकको समीक्ष गर्नुभएको थियो । ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरे नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाई शाक्य ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो । लेखक प्राज्ञ धर्मराज शाक्यले पुस्तक लेखनका क्रममा आफुले भोगेका कुराहरु राख्दै पुस्तक लेखन आफ्नो पहिलो प्रयास भएको बताउनु भयो । आगामी दिनमा थप अनुसन्त्रान गरि लेखनकार्यलाई पनि अघि बढाउने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?