logo
२०८० चैत्र १६ शुक्रवार



सञ्चारजगत निष्पक्ष हुनुपर्छः मुख्यमन्त्री भट्ट

खुला |
प्रदेश |


सञ्चारजगत निष्पक्ष हुनुपर्छः मुख्यमन्त्री भट्ट


अविनाश चौधरी
धनगढी, मङ्सिर १३ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चारजगत निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । सोमबार धनगढीमा प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

‘सञ्चारजगत निष्पक्ष नभएमा पूर्वाग्रही हुन्छ र कहिलेकाँही हामी त्यस्तो भएको देख्ने गर्दछौ’, उहाँले भन्नुभयो । ‘समाजमा विशुद्ध स्वतन्त्र मान्छे भेटिदैनन् । हरकोही कहीँ न कहीँ आस्थावान हुन्छ तर, सञ्चारजगत निष्पक्ष हुनैपर्छ ।’

मुख्यमन्त्री भट्टले सञ्चारजगत स्वतन्त्र रहनु पर्ने कुरामा कसैको दुईमत नरहेको बताउनुभयो । यद्यपि, सञ्चारकर्मी कति स्वतन्त्र हुनुपर्छ भन्ने कुरामा भने बहस गर्न आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो । कहिलेकाँही सञ्चारकर्मीले अनावश्यक दुःख पनि दिने गरेको भन्दै उहाँले स्वतन्त्र व्यक्तिले अरु व्यक्तिलाई कति अप्ठ्यारोमा पारिरहेको छ भन्ने कुराको पनि ख्याल गर्न आवश्यक रहेको बताउनुभयो ।

‘मिडिया जहिले पनि सरकारको प्रतिपक्षीको रुपमा भूमिका निर्वाह गर्छ, यो कुरा मैले बुझेको छु’, मुख्यमन्त्री भट्टले भन्नुभयो । ‘मिडियाले सरकारको रचनात्मक आलोचना गर्न आवश्यक पनि छ । तर, एकोहोरो प्रतिपक्ष मात्रै भइयो भने विवाद हुन्छ ।’

सञ्चार जगतजस्तै सरकार पनि निष्पक्ष हुन आवश्यक रहेको चर्चा उहाँले गर्नुभयो । ‘म आफ्नो पार्टीको विचारधारा, एजेण्डा बोकेर, पार्टीको टिकटबाट मुख्यमन्त्री भएको हुँ । अब म कुनै एउटा पार्टीकोमात्रै सरकार होइन’, मुख्यमन्त्री भट्टले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?