logo
२०८१ बैशाख ७ शुक्रवार



धमाधम बन्दै नयाँ मन्त्री निवास, ६५ प्रतिशत काम सकियो

खुला |
भिडियो |


धमाधम बन्दै नयाँ मन्त्री निवास, ६५ प्रतिशत काम सकियो


मनोजरत्न शाही र केशव गुरुङ्ग

काठमाडौँ, मङ्सिर १० गते । ललितपुरको भैंसेपाटीमा करिब ९६ रोपनी क्षेत्रफलमा नयाँ संघीय मन्त्री निवास धमाधम निर्माण भइराखेको छ । इण्डियन श्री र नेपाली जेबीबीच सम्झौता भएपछि निर्माणको काम अगाडि बढाइएको विशेष भवन निर्माण आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले बताउनुभयो।

एक अर्ब ६० करोड रुपैयाँको अनुमानित लागत रहे पनि निर्माण व्यवसायीले ३० प्रतिशत छुटसहित एक अर्ब तीन करोड रुपैयाँमा सम्झौता गरेको छ । हालसम्म भौतिक निर्माणको प्रगति ६५ प्रतिशत रहेको आयोजना निर्देशक श्रेष्ठको भनाइ छ । अबको दुई वर्षभित्र निर्माण कार्य सम्पन्न हुने श्रेष्ठले बताउनुभयो ।

कोभिड–१९ महामारीको प्रभावका कारण निर्माण कार्य छ महिना थपिएको उहाँको भनाइ छ । ‘कार्यतालिका तयार भएर काम अघि बढाइएको छ’, श्रेष्ठले भन्नुभयो, ‘इन्टिरियरको काम सम्पन्न गर्न चार महिना लाग्छ । २०७९ वैशाखसम्म सम्पन्न गरिसक्छौँ ।’ निर्माणाधीन मन्त्री निवासमा २७ वटा ब्लक रहनेछन् । २४ वटा संघीय मन्त्रीलाई, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष र प्रतिनिधिसभाको उपसभामुखलाई गरेर २७ वटा आवास तयार गर्न लागिएको हो ।

पुलचोकमा करिब ७१ रोपनी जग्गामा विगत ३५–४० वर्षदेखि अवस्थित १९ मन्त्री आवास जीर्ण अवस्थामा छ । ‘त्यहाँ जुन किसिमको सुविधा हुनुपर्ने हो त्यो छैन । भैंसेपार्टीमा स्थानान्तरण गर्ने बित्तिकै ‘स्टेट गेष्ट हाउस तयार गरिनेछ । अहिले यसको डिजाइनको काम सकिसकेको छ’, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?