logo
२०८० चैत्र १६ शुक्रवार



नंदिनी हर्बलको नयाँ उत्पादन सार्वजनिक

मनोरञ्जन |


नंदिनी हर्बलको नयाँ उत्पादन सार्वजनिक


काठमाडौं, मङ्सिर ११ गते । नंदिनी हर्बलले आफ्ना ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन कम्पनीले नयाँ उत्पादन सामाग्री सार्वजनिक गरेको हो ।

‘केही महिना अघि नै उत्पादनहरु सार्वजनिक गर्ने तयारी थियो तर कोरोना र लकडाउनका कारण ढिलो भयो,’ कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले भन्नुभयो ।

यस्तै, उत्पादित सामाग्रीको प्रचारमा आफूले सञ्चारमाध्यमसँग साझेदारी गरेर अगाडि बढ्ने ब्राण्ड एम्बासडर बिना श्रेष्ठले बताउनुभयो ।

नयाँ उत्पादनहरुमा अण्डर आन्डर आर्मक्रिम, अण्डर आइक्रिम, रेटोनल सिरम, प्योर मिनिमाइजर सिरम, स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डिस्नर सार्वजनिक गरिएका हुन् ।

कार्यक्रममा पूर्व मिस नेपाल इभाना मानन्धर, गाएक आनन्द कार्की र धिरज राई, गायिका रेखा शाह, अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतम लगायत चर्चित व्यक्तिहरुको उपस्थिति थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?