logo
२०८० चैत्र १६ शुक्रवार



अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप

अन्तर्राष्ट्रिय |


अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप


ब्राजाभिल्ले, मङ्सिर १० गते । अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोनाविरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोनाविरुद्धको खोप सबैलाई सुलभ भने नभएको बताइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले बिहीबार दिएको जानकारीअनुसार जुन सुकै देशमा पनि अग्रस्थानमा खट्ने स्वास्थ्यकर्मीहरुका लागि खोपलाई प्राथमिकता दिने गरिएको छ ।

यसै अनुसार अफ्रिकामा पनि स्वास्थ्यकर्मीलाई खोपको प्राथमिकता दिइएको हो । तर पनि यहाँका धेरै जसो स्वास्थ्यकर्मीहरुले खोप पाउन सकेका छैनन् । स्वास्थ्यकर्मीले नै खोप पाउन नसक्दा कोरोनाविरुद्धको लडाइँ जोखिमपूर्ण अवस्थामा रहेको अफ्रिकाका लागि विश्व स्वास्थ्य सङ्गठनका निर्देशकले जानकारी दिएका छन् ।

यसै पनि अफ्रिकाका १६ ओटा देशमा स्वास्थ्यकर्मीको सङ्ख्या निकै थोरै छ । यहाँ प्रति एक हजार जना नागरिकमा एकजना मात्र चिकित्सक उपलब्ध छन् । यसैमा पनि कोरोनाविरुद्धको खोप २७ प्रतिशतले मात्र प्राप्त गर्न सक्दा कोरोनाको जोखिम कम हुन नसकेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?