logo
२०८१ बैशाख ८ शनिवार



डुङ्गा डुब्दा ३१ आप्रवासीको मृत्यु

अन्तर्राष्ट्रिय |


डुङ्गा डुब्दा ३१ आप्रवासीको मृत्यु
तस्विर-फाइल


पेरिस, मङ्सिर ९ गते । उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुङ्गा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ ।

फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले सो दुर्घटनाका बारेमा जानकारी दिनुभएको छ । उहाँले उक्त डुङ्गामा सवार रहेका व्यक्तिहरु संयुक्त अधिराज्यतर्फ जान लागेका र डुङ्गा डुब्दा उनीहरुको ज्यान गएको बताउनुभयो ।

स्थानीय समयानुसार अपराह्न २ बजे उक्त डुङ्गा डुबेको र १५ ओटा शव पानीमा तैरिएको अवस्थामा निकालिएको बताइएको छ । यो दुर्घटनालाई एकै स्थानमा भएको ठूलो दुर्घटनाका रुपमा लिइएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?