logo
२०८० चैत्र १६ शुक्रवार



सबैला नगरपालिकाका शिक्षकहरुले तिहार अगावै तलब पाउने

खुला |
प्रदेश |


सबैला नगरपालिकाका शिक्षकहरुले तिहार अगावै तलब पाउने


लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक १० गते । सबैला नगरपालिकाका शिक्षकहरुले तिहार अगावै तलब पाउने भएका छन् ।धनुषाको सबैला नपाका नगर प्रमुख विजयशंकर प्रसाद साहले तिहार अगावै शिक्षकहरुको तलब दिने प्रतिवद्धता जनाउनुभएको छ ।

मेयर साहले आन्दोलित शिक्षकहरुसँग वार्ता गरी तिहार अगावै तलब दिने जनाएपछि आन्दोलन स्थागित भएको हो । पालिकाका सबै विद्यालयका शिक्षकहरुले चालु आर्थिक वर्षको तलब नपाएको भन्दै आन्दोलन थाल्नुभएको थियो । चाडपर्वका बेला पनि तलब नपाउँदा घरखर्च टार्न गाह्रो भएको भन्दै नगरपालिकाको कार्यालयमा सोमबारदेखि आन्दोलन गर्दै धर्नामा बस्नुभएको थियो ।

सबैला नगरपालिकास्थित श्री सरस्वती मावि ठिलाका प्राध्यापक नथुनी साहले जिल्ला प्रमुख अधिकारीसमक्ष मेयर साहले तिहार अघि नै तलब दिने प्रतिवद्धता जनाएपछि विद्यालय ठप्प पार्ने आन्दोलन फिर्ता लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज बुधबारबाट विद्यालय खुलेको छ । केही प्राविधिक समस्याका कारण तलब पाउनमा केही ढिलाइ भएको भन्दै सबै शिक्षकहरुले तलब पाउने बताउनुभयो ।

शिक्षकहरु विद्यालय ठप्प पारेपछि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?