logo
२०८० चैत्र १६ शुक्रवार



५२३ जना कोरोना सङ्क्रमित थपिए, नाै जनाकाे मृत्यु

स्वास्थ्य |


५२३ जना कोरोना  सङ्क्रमित थपिए, नाै जनाकाे मृत्यु


काठमाडौं, कात्तिक १ गते । पछिल्लो २४ घण्टामा ५२३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।सात हजार ६५४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुईहजार ०४३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ९३७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसैगरी, पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?