logo
२०८० चैत्र १५ बिहीवार



चलचित्र लाइफ इन एलएको ‘उदाएर आयौ तिमी’ गीत सार्वजानिक

मनोरञ्जन |


चलचित्र लाइफ इन एलएको ‘उदाएर आयौ तिमी’ गीत सार्वजानिक


मरराज नहर्की
तनहुँ, असोज ३० गते । अमेरीका र नेपालको सुन्दर नगरी पोखरा र तनहुँको भिमाद लगायतको ठाँउमा छाँयाङ्कन भएको चलचित्र ‘लाइफ इन एलए’को ‘‘उदाएर आयौ तिमी...’’ बोलको गीत सार्वजनिक भएको छ ।
चलचित्रको दोस्रो गीत सार्वजानिक गरिएको हो । गीतमा आवाज प्रताप दास र प्रविशा अधिकारीको रहेको छ भने प्रतिक पौडेलको सङ्गीत र सुन्दर पन्तको शब्द रहेको छ ।
गीतको भिडियोमा चलचित्रका नायक ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्टको रोमान्च देख्न सकिन्छ । हलिवुडमा चलचित्र पढ्न आएका सूर्य श्रेष्ठले चलचित्रको निर्देशन गर्नुभएको छ । निर्देशक श्रेष्ठले २००७ सालमै कान्तिपुर टेलिभिजनमा प्रसारित पपुलर टिभी सिरिएल ‘‘क्याफे कान्तिपुर’’ सहित विभिन्न कार्यक्रमहरुको निर्देशन गर्नुभएको थियो । यस अघि गत साउनमा निर्माण टिमले नेपालमा छायाङ्कन पूरा गरेपछि चलचित्रमा समावेश भएको पागल प्रेमी’ गीत सार्वजनिक गरेको थियो । चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल, सञ्चारकर्मी विष्णु गौतम लगायतको अभिनय छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?