logo
२०८० चैत्र १५ बिहीवार



‘चिनी मौज्दात पर्याप्त’

अर्थ |


‘चिनी मौज्दात पर्याप्त’


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । सरकार र उद्योगी व्यापारीहरूले बजारमा पर्याप्त चिनी मौज्दात रहेको जानकारी दिएका छन् । बजारमा चिनीको अभाव भनेर हल्लाका पछि लागेर अनावश्यक ‘होल्ड’ नगर्नसमेत आमउपभोक्तालाई आग्रह गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार राजधानीमा आयोजना गरेको ‘बजार अनुुगमन र सरोकारवालाको भूमिका’ विषयक छलफलमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरूले सोबारे जानकारी दिनुुभएको हो । उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयका सचिव दिनेश भट्टराईले बजारमा हाल लगभग एक लाख मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराउनुुभयो । उहाँले भन्नुुभयो, “नेपालको वार्षिक दुुई लाख ५० हजार मेट्रिक टन चिनीको माग रहेकामा अझै एक लाख चिनी मौज्दात रहेको छ । अनि कसरी अभाव हुन्छ भनी प्रश्न गर्नुभयो । ”
सचिव भट्टराईका अनुसार नेपालमा वार्षिक उपभोगका लागि एक लाख मेट्रिक टन खपत हुने गरेको छ भने बाँकी डेढ लाख मेट्रिक टन अन्य व्यवसायी प्रयोजनका लागि खपत हुन्छ । अघिल्लो आर्थिक वर्ष दुुई लाख १२ हजार मेट्रिक टन चिनी आर्यात भएको थियो भने सो अवधिमा स्वदेशी उद्योगीले उत्पादन गरेकोसमेत गरी तीन लाख ५७ हजार मेट्रिक टन चिनी रहेको तथ्याङ्क छ ।
चालू आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा १७ हजार मेट्रिक टन र हाल १० हजार मेट्रिक टन आउने पाइपलाइनमा भएको मन्त्रालयले जानकारी दिएको छ । सचिव भट्टराईले सरकारले स्वच्छ बजार कायम गर्नका लागि पछिल्लो पटक व्यवस्थित रूपमा अनुुगमन गरिरहेको जानकारी दिनुुभयो । चाडपर्वमा बजारमा खाद्यवस्तु, लत्ताकपडाको बढी कारोबार हुने भएकाले यसमै लक्षित गरेर अनुुगमन तीव्रता दिएको पनि उहाँको भनाइ छ ।
विभागका महानिर्देशक प्रकाश पौडेलले बजारमा सरकारले चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न, लत्ताकपडा र सवारीसाधनमा अनुगमन बढी केन्द्रित गरेको जानकारी दिनुुभयो । उहाँले चाडपर्वमा हुनसक्ने कृत्रिम अभाव, मूल्य वृद्धि, मिसावट, म्याद नाघेका सामान बिक्री नियन्त्रण गर्नका लागि अनुगमनलाई तीव्र बनाएको जानकारी दिनुुभयो ।
कार्यक्रममा उपभोक्ता अधिकारकर्मीले बजारमा विभिन्न बहाना बनाएर उपभोक्ता ठगी गर्ने क्रम चाडपर्वमा झन् बढेकाले यसमा विशेष निगरानी बढाउन आग्रह गर्नुभयो ।
उद्योग तथा व्यापारीका प्रतिनिधिहरूले बजारमा पर्याप्त सामान भएकाले नआत्तिन आमउपभोक्तालाई आग्रह गर्नुुभयो ।
साथै उहाँले सरकारले चाडपर्वमा मात्रै बजार अनुुगमन गरेर व्यापारीलाई तर्साउनेभन्दा सधैँ बजार अनुुगमन गरेर स्वच्छ बजार कायम गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?