logo
२०८० चैत्र १५ बिहीवार



स्वास्थ्यचौकी भवनबाटै नगर अस्पतालको सेवा सुचारु

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्यचौकी भवनबाटै नगर अस्पतालको सेवा सुचारु


नवीन शिशिर विक
बागलुङ, असोज ९ गते । बागलुङ नगरपालिका बागलुङले बलेवा क्षेत्रलाई लक्षित गरी पहिलो नगर अस्पतालको सेवा सुरु गरेको छ । बागलुङ नगरपालिका– १३ पैयुँपाटाको स्वास्थ्यचौकीलाई स्तरवृद्धि गरी नगर अस्पतालको सेवा सुरु गरेको हो । आगामी दुई बर्षभित्र अस्पतालको आफ्नै भवन निर्माण गरी पूर्णरुपले अस्पतालको सेवा प्रवाह हुने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

बलेवा क्षेत्रभित्रमा बागलुङ नगरपालिकाको १२, १३ र १४ नम्बर वडा पर्छन् । अस्पताल भवन निर्माणका लागि संघीय सरकारले उपलब्ध गराएको रकममध्येबाट टेन्डर गर्दा महालक्ष्मी जेभीले १२ करोड ८७ लाख रुपियाँमा सम्झौता गरेको छ । विहिबारदेखि सेवा स्वास्थ्यचौकीकोभन्दा स्तरीय सेवा सुरुवात भएको छ ।

स्तरवृद्धि भएको स्वास्थ्य चौकीबाट तत्काल एक्सरे, ल्याव सेवा प्राप्त गर्नुकासाथै पाँच बेड स्थापना गरिएको छ । अस्पताल निर्माण भएपछि पन्ध्र शैय्याको हुनेछ । भवन निर्माण गर्दा जग्गा खरिदको लागि ग्लोबल आइएमी ग्रुपका अध्यक्ष चन्द्र ढकालले १० लाख रुपियाँ प्रदान गर्नुभएको थियो । पैयुपाटामा नौ रोपनी जग्गा खरिद गरेको वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । जग्गा खरिदको लागि अपुग रकम स्थानीयले संकलन गरेका थिए । त्यसका लागि चन्दा समेत उठ्नेक्रम जारी रहेको स्थानीयले बताउनुभयो ।

नगर अस्पतालमा तीन जना मेडिकल डाक्टर, चार जना हेल्थ असिस्टेन्ट, दुई जना स्टाफनर्स, एक जना रेडियोलोजिष्ट, चार जना अनमी, फार्मेशिष्ट र ल्यावटेक्निसियनको दरबन्दी छ । तत्काललाई स्वास्थ्य सामग्री तथा जनशक्ति व्यवस्थापन गर्न बागलुङ नगरपालिकाले १० लाख रुपियाँ विनियोजन गरेको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो । अपुग जनशक्ति व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसँग माग गर्ने उहाँको भनाई छ । सरकारले प्रत्येक स्थानीय तहमा १० देखि १५ शैय्याको अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?