logo
२०८० चैत्र १६ शुक्रवार



सबै भाषा, सँस्कृति र साहित्यको सम्मान हुनुपर्छः प्रमुख मिश्र

प्रदेश |
समाज |


सबै भाषा, सँस्कृति र साहित्यको सम्मान हुनुपर्छः प्रमुख मिश्र


धर्बेन्द्र झा
जनकपुरधाम, असोज ९ गते । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले सबै भाषा, सँस्कृति र साहित्यको सम्मान हुनुपर्ने बताउनु भएको छ । बलेँसी साहित्य समाज नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

हरेक साहित्यको आफनै महत्व रहेको भन्दै भाषा, कला, साहित्य, साँस्कृतिक सभ्यता, शिक्षा, पर्यटन र पर्यावरणको उत्थान, विकास, प्रवर्धन र संरक्षण, आपसी विश्वास, सद्भाव र भावनात्मक एकतासहित राष्ट्रिय एकताको माध्यमबाट नवजागरण युगको स्थापन गर्नुपर्ने बताउनुभयो । बलेसी साहित्य समाजले प्रदेश २ मा मिथिला कला, संस्कृति र परम्परा एवम यहाँको मौलिकपनको जगेर्ना गर्ने काम गरिरहेको उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले कुनै पनि समाजको समृद्धिका लागि त्यहाँको भाषा, संस्कृति र साहित्य समृद्ध हुुनुपर्ने बताउनुभयो । उहाँले अझै पनि समाजमा विभिन्नखालका विकृतिहरु कायम रहेको चर्चा गर्नुहुँदै त्यस्ता विकृतिहरुको विरुद्धमा साहित्यकारहरुले कलम चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण, बरिष्ठ साहित्यकार रोशन जनकपुरी, बलेँसी साहित्य समाज नेपालका अध्यक्ष प्रेमप्रसाद पौडेलले धारणा राख्नुभयो । सो अवसरमा प्रदेश प्रमुख मिश्रसहित विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?