logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउनको सदुपयोग गर्दै ब्यवसायिक कुरिलो खेती

प्रदेश |
अर्थ |


लकडाउनको सदुपयोग गर्दै ब्यवसायिक कुरिलो खेती


विष्णुप्रसाद पोखरेल
दमक, असोज ८ गते । झापाको दमकमा कुरिलो माग बढेसँगै कृषकहरुले व्यवसायिक खेतीमा जुटेका छन् । कोरोना महामारीले कार्यालय तथा अधिकांश ब्यापार ब्यवसाय बन्द भएकाबेला स्थानीय नारायण योङहाङ्गले १० कठ्ठा जग्गामा कुरिलो खेती गरी विक्री गर्न थाल्नुभएको हो ।

योङ्हाङ एग्रो फर्म प्रा.लि. बनाएर आफुजस्तै मिल्ने तीन जनाको समुहले ब्यवसायिक रुपमा कुरिलो उत्पादन शुरु गरेको उहाँले बताउनुभयो । बजारमा कुरिलोको अधिक माग रहेको उहाँको भनाई छ । कुरिलोको तरकारी र सुप प्रयोगका लागि यसको माग बढेको उहाँले बताउनुभयो ।

आफुहरुको फर्ममा लगाएको करिब १० कठ्ठाको कुरिलो निकाल्ने काम पहिलो चरणमा शुरु भएको पनि उहाँले जानकारी दिनुभयो । हाल दैनिक ५ देखि १० केजी मात्र हुनेगरेको तर आगामी दिनमा दैनिक ५० केजी निकाल्ने तयारी रहेको योङ्हाङले बताउनुभयो । अहिले बजारमा २ हजार प्रतिकेजीसम्म विक्री हुने गरेपनि आफुहरुले १२ सय देखि १४ सय रुपियासम्ममा प्रतिकेजी बिक्री गरिरहेको उहाँले बताउनुभयो ।

कुरिलोलाई औषधिजन्य वनस्पतिको रुपमा लिइने गरेको र यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिने गरेको उहाँले बताउनुभयो । कुरिलोलाई आयुर्वेदमा बुध्दिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता निवारक, मानिएकाले यसको महत्व धेरै रहेको योङ्हाङ एग्रो फर्मका अर्का सञ्चालक याम भण्डारीले बताउनुभयो ।

महिलाको रक्त प्रदर, स्वेतप्रदर तथा महिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री–पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण प्रत्येक दिन दुधसँग सेवन गरेमा लाभ हुने भण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?