logo
२०८१ बैशाख ११ मंगलवार



 भैरव अर्यालको साहित्यिक योगदान बारे चर्चा

कला |


 भैरव अर्यालको साहित्यिक योगदान बारे चर्चा


काठमाडौंअसोज ५ गते ।  नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८६ औं जन्मजयन्तीको अवसरमा मंगलवार राजधानीमा उहाँको साहित्यिक योगदानकाे चर्चा गरियो । भैरव पुरस्कार गुठीले आयोजना गरेकोे कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदानको स्मरण गर्दै उहाँका रचनाहरू कालजयी भएको बताउनुभयाे ।

नेपाली साहित्य बाहेक पत्रकारिकताको क्षेत्रमा पनि उहाँको देन अमूल्य रहेको वक्ताहरूको भनाइ थियो । अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उहाँहरूले राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गर्नुभययाे। कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद«ी अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पार्नु भएकाे थियाे ।

 १९९३ साल असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिनुभएका अर्यालले केवल ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गर्नु भएकाे थियाे । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?