logo
२०८१ बैशाख १३ बिहीवार



मोना संग्रहालयमा परम्परागत कला प्रदर्शनी

कला |


मोना संग्रहालयमा परम्परागत कला प्रदर्शनी


केशबराज खनाल
काठमाडौं भदौ २६ गते । म्युजियमको मुल प्रदर्शनी कक्षमा पुग्नासाथ देखिन्छ शक्तिका चित्र । साथमा अन्य देवदेवीका अरु चारथान चित्रले मोना (म्युजियम अफ नेपाली आर्ट) संग्रहालय ग्यालरीको भित्ता सिंगारिएका छन् ।
चार महिना लामो प्रर्दशनीमा एक महिनाका लागि एक जना कलाकार छुट्टाईएको छ । यस पटक एक महिनाका लागि कलाकार उदयचरण श्रेष्ठका कला प्रदर्शनीमा रहेका छन् । प्रदर्शनीलाई व्यवसायी विश्वास ढकालले उद्घाटन गर्नुभएको हो ।
विशेषतः परम्परागत पौधाकलामा समर्पित कलाकार उदयचरण श्रेष्ठका बंगलामुखी, शक्ति, महालक्ष्मी, कुमारी र छन्द भैरव र संहार तााण्डव शिर्षकका चित्रहरु ग्यालरीमा सजिएका छन् । पञ्चतत्व मध्येको एक अन्निलाई परिभाषित गरिने यी चित्रहरुलाई प्रदर्शनी निर्देशक (क्युरेटर) उर्गेन नोर्बुले चित्ताकर्षक बनाउनु भएको छ ।
परम्परागत कलामा प्रयोग गर्न रुचाउने कलाकार उदयचरणले प्रदर्शित चित्रका पनि विविध माध्यम र शिल्प क्षमता अनुसार प्रयोग गर्नुभएको छ । कुनै चित्रमा अक्षरको संयोजन गर्नुभएको छ भने कुनैमा तेलरङमा पेन्सिल रङको मिश्रणले चित्रलाई अझ गतिशिल बनाउनु भएको छ । परम्परागत साथै पोष्टर, तेलरङ, एक्रेलिकरङमा रहेका चित्रहरु हेर्दा समृद्ध नेपाली कलाको रस्वादन जोकोहिले गर्न सक्दछ ।
‘नेपाली कला विश्वका कुनाकाप्चामा पुगिरहेका छन् । कलाकारको सृजना विक्री पछि नेपालीले देख्न पाउने सम्भावना न्युन हुन्छ तसर्थ पहिला नेपालमा प्रदर्शन गरेर मात्र अन्यत्र जादाँ नेपाली दर्शले नेपाली कलाको महत्व बुझ्न सक्ने भएकाले यस प्रकारको प्रदर्शनीको आयोजना गरिएको हो’, मोनाका संस्थापक राजन शाक्य बताउनु हुन्छ ।
नेपाली आधुनिक, परम्परागत कलाको जर्गेना र प्रवद्धनका लागि काठमाडौं गेष्ट हाउसकै हातामा म्युजियम खोलिएको उहाँले जानकारी दिनुभयो । आम, राजनीतिज्ञ, व्यवसायी हरेक क्षेत्रले पनि नेपाली कलाको जर्गेना गर्न योगदान दिनुपर्ने उहाँको तर्क रहेको छ । कहिले कोरोना महामारीका बीच सबैतीर नकारात्मक भावना बढिरहेको छ । मानिस एकलकाटे भएकाछन् । यस अवस्थामा हाम्रा मौलिक कलाले दर्शकलाई थोरै भएपनि राहत दिन सक्छ र सकारात्मक उर्जा बढाउन मद्दत गर्ने उद्देश्यले पञ्चतत्व शिर्षकमा यो प्रदर्शनी आयोजना गरिएको प्रदर्शनी निर्देशक उर्गेन नोर्बुले बताउनुभयो ।
थिममा रहेर कलालाई सुहाउँदो पृष्ठभूमि र वातावरण तयार गर्ने प्रयास गरेको पनि उहाँले बताउनुभयो । यस भन्दा अघि अग्रज कलाकार लोक चित्रकारको ‘जल’ विषयका कला प्रदर्शनी भईसकेको छ । अब सिद्धहस्त कलाकार स्व. प्रेममान चित्रकारको ‘वायु’ र युवा पुस्ताका लोकप्रिय कलाकार समुन्द्रमान सिंह श्रेष्ठको ‘पृथ्वी’ विषयमा आधारित कला प्रदर्शनी गरिने नोर्बुले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?