logo
२०८० चैत्र १६ शुक्रवार



"कदम: अभिनव मेरा अनुभूति" लोकार्पण

कला |


"कदम: अभिनव मेरा अनुभूति" लोकार्पण


ललितपुर, भदाै २४ गते । मदन पुरस्कार प्राप्त इतिहासविद हरिराम जोशीकाे "कदम: अभिनव मेरा अनुभूति" लोकार्पण गरिएकाे छ।

इतिहास, संस्कृति र पुरातात्विक पक्षलाई भौतिकवादी दृष्टिले प्रस्तुत गर्ने ईतिहासविद जोशीज्युको यो २९औं प्रकाशित कृति हो भने धर्मपत्नी कदमप्रति समर्पित गर्नुभएको यो दोश्रो कृति हो । 

विमोचित कृतिबारे बोल्नुहुँदै इतिहासकार एवम् प्राध्यापक पुरूषोत्तमलोचन श्रेष्ठले धारणा राख्नुभयाे । कार्यक्रममा डा. नयराज पौडेल र विन्दुबाबा जोशीले पनि विमोचित कृतिबारे धारणा राख्नुभएकाे थियाे।ललितपुरकाे टङ्गालमा वि.सं. १९९२ साल फागुन २६ गते जन्मनुभएका हरिराम जोशीलाई २०५९ साल आश्विन २२ गते आयोजित एक समारोहमा ‘अभिनव संस्कृति कोष’ ग्रन्थको लागि ‘मदन पुरस्कार २०५८’ बाट सम्मानित गरिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?