logo
२०८१ बैशाख १३ बिहीवार



टुकादेवीको कथा सङ्ग्रह 'बार्दली' सार्वजनिक

कला |


टुकादेवीको कथा सङ्ग्रह 'बार्दली' सार्वजनिक


अमरराज नहर्की
तनहुँ, भदौ १२ गते । साहित्यकार टुकादेवी पौडेलको लघुकथा सङ्ग्रह ‘‘बार्दली’’को सार्वजनिक भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा एक कार्यक्रमबीच हालै सार्वजानिक गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ र गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले कृर्ति सार्वजनिक गर्नु भयो ।
सो अवसरमा नगर प्रमुख गुरुङले समाजका बेथिति, विकृति विरुद्ध कलम चलाएर उज्यालो समाज बनाउन लेखकको ठूलो भूमिका हुने बताउनुभयो ।
साथै नगर प्रमुख गुृरुङले आगामी दिनहरुमा पनि निरन्तर साहितिक यात्रामा लाग्न लेखकलाई आग्रह गर्नुभयो । साहित्यकार तथा पत्रकार रोदनले लघुकथा विधामा महिलाहरुका सहभागिता बढ्नुले महिलाको आँखाले देखेका, भोगेका कुरालाई उजागर गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
। समीक्षक हरिप्रसाद भण्डारीले लघुकथा सङ्ग्रह भविश्यका लागि एक महत्वपूर्ण दस्तावेजका रुपमा विकास हुने दाबी गर्नु भयो । पञ्चमुनीदेव माध्यामिक विद्यालयका प्रधानाध्यापक धुुर्वकुमार मल्लले आचार्य साहित्यक क्षेत्रको एक लगनशिल स्रष्टा भएको दाबी गर्दै ‘बार्दली’ले उहाँको साहित्यिक यात्रालाई सफलतामा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लघुकथा समाज नेपाल प्रदेश नम्वर १ की अध्यक्ष ममता मृदुल, शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणी आचार्य, स्रष्टाका सहपाठी एवं आयोजक विद्यालयका पूर्व अध्यक्ष सुरेन्द्र पौडेल, पञ्चमुनी देव माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, साहित्कार एकनारायण भण्डारी लगायतकाले बार्दली लघुकथा संग्रहको सफलताका लागी शुभकामना दिदै तनहुँलाई साहित्यको क्षेत्रमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
सङ्ग्रहमा ५७ लघुकथाहरुलाई समावेश गरिएको छ । कविता, गीत, मुक्तक लगायतका विधामा कलम चलाउँदै आउनु भएकी टुकादेवीको यो कथा सङ्ग्रह पहिलो कृर्ति हो । लेखिका टुकादेवि शिक्षका हुनुहुन्छ । टुृकादेवीले दुलेगौंडा स्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा शिक्षण गर्नुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?