logo
२०८० चैत्र १६ शुक्रवार



विभिन्न कृतिहरूकाे संयुक्त विमाेचन

कला |
शिक्षा |


विभिन्न कृतिहरूकाे संयुक्त विमाेचन


गोरखापत्र समाचारदाता
ललितपुर, भदौ ४ गते । त्रिभुवन विश्वविद्यालयकाे नेपालभाषा केन्द्रीय विभागमा एमए नियमित कक्षा सञ्चालन भएको ४१ औं वर्ष पुगेको उपलक्ष्यमा एमफिल–पिएचडी कक्षा शुभारम्भ भएको छ ।

साेही अवसरमा आयाेजित  कार्यक्रममा सत्यहेरा सिरपाः (पुरस्कार) र पाँच वटा कृति सिद्धिदास महाःजुको संकलित कृतिहरुको संग्रह ‘सिद्धिमाः’, आरिक माला प्रधानको ‘हरिप्रसाद प्रधानया व्यक्तित्व व योगदान’, किरण केन रञ्जितको दुई कृति ‘तन्त्राख्यान’ र ‘अमेरिकाय् नेवाः प्रकाशन’ विमोचन भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्तोला, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, पाटन संयुक्त क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण कुँवर र विभागका प्रमुख ओमकारेश्वर श्रेष्ठद्वारा संयुक्त रुपमा ती कृतिहरु विमोचन गरिएको हो ।

त्यसैगरी, उत्कृष्ट शोधग्रन्थ तथा अभिलेख सम्पादनलाई प्रदान गरिने सत्यहेरा सिरपाः कविन श्रेष्ठलाई १० हजार नगद राशिसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

भाषा साहित्य संस्कृति राष्ट्रको पहिचान भएको बताउँदै मेयर शाक्यले विभागमा रहेका करिब ३० हजार पुस्तकलाई डिजिटिलाइज गर्न ई–लाइब्रेरीको लागि कामनपाले सहयोग गरेको ५० लाख बजेट कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?