logo
२०८१ बैशाख ८ शनिवार



कलाकार रीता खनालको दोश्रो एकल कला प्रदर्शनी सुरु

कला |


कलाकार रीता खनालको दोश्रो एकल कला प्रदर्शनी सुरु


शिवा तामाङ
काठमाडौँ, साउन २८ गते । कलाकार रीता खनालको दोश्रो एकल कला प्रदर्शनी अरुपण आर्ट ग्यालरीमा सुरु भएको छ । पेन्सिल, चारकोल, जलरङ र एक्रेलिक माध्यममा कलाकारले स्थिरवस्तु चित्रण, चरा, हिमाल, गणेशसहित एक थान मूर्ति प्रदर्शनीमा समावेश गर्नुभएको छ । 

सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार सो प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । महानिरीक्षक खनालले यस प्रदर्शनी अन्यका लागि पनि प्रेरणा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले देश विदेशका यात्रामा अनेकाैं कला देखेको र नेपाली कलामा आफ्नैपनको आभाष पाएको बताउनुभयो । कला लेखक केशवराज खनालले ४१ वर्षको अन्तरालमा पनि कलाकारले आफ्नो कलाप्रतिको समर्पण भावलाई मूर्तिकृत गर्न सकेको औँल्याउनुभयो ।

कार्यक्रममा कलाकार रीता खनालले आफ्नो कला यात्राबारे बताउँदै पहिलो एकल कला प्रदर्शनी २०३६ सालमा धरानमा भएको जानकारी दिनुभयो । गृहणीबाट लामो समयपछि पुनः कलाकारितामा लाग्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

प्राज्ञ रमेशनाथ खनाल, खनाल सेवा समितिका उपाध्यक्ष भुपेन्द्र खनाल र महासचिव माधव खनालले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
प्रदर्शनी ११ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?