logo
२०८० चैत्र १६ शुक्रवार



‘इराकमा तैनाद अमेरिकी लडाकू सैनिक यसै वर्ष स्वदेश फर्किने’

अन्तर्राष्ट्रिय |


‘इराकमा तैनाद अमेरिकी लडाकू सैनिक यसै वर्ष स्वदेश फर्किने’
तस्विर-अलजजिरा


वासिङ्टन, साउन १२ गते। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी लडाई अभियानको अन्त्य बर्षको रूपमा अफगानिस्तानसँगै इराकबाट पनि यस बषैको अन्त्यसम्ममा आफ्नो लडाकू सैनिक दस्ता फिर्ता गर्ने बताउनुभएको छ । यसले अमेरिकी नीतिमा भएको ठूलो बदलावभन्दा पनि वास्तविक सारलाई प्रतिबिम्बित गरेको मान्न सकिन्छ ।
इराकमा कुनै पनि विदेशी फौज आवश्यक नभएको इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको भनाइसँगै अमेरिकी राष्ट्रपतिको उक्त भनाइ आएको हो । राष्ट्रपति जो बाइडेनले सोमबार इराकी प्रधानमन्त्री कादिमीसँग राष्ट्रपति कार्यालयमा भएको भेटपछि त्यहाँ उपस्थित सञ्चारकर्मीसँग भन्नुभयो, “इराकमा अमेरिकी सेनाको उपस्थिति अमेरिकी लडाईं अभियानको अन्त्य बर्ष (सन् २०२१) मा हुनेछ ।” उहाँले इराकबाट कति सेना फिर्ता गर्ने भन्नेबारे भने केही बताउनुभएन ।
इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि अमेरिकी सेना इराकमा रहिरहने बताइएको छ । इराकमा अहिले करिब दुई हजार ५०० अमेरिकी सेना रहेको इराकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा हजारौँ व्यक्तिको मृत्यु हुनेगरी भएका आक्रमणपछि अलकायदा र इस्लामिक स्टेटसमूहहरूविरूद्धको अभियानस्वरूप अफगानिस्तानमा अमेरिकी सेना तैनाद् भएको थियो । तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले यी दुबै देशमा कट्टरपन्थी इस्लामिक स्टेट (आइएसआइएस र अल कायदा) समूहबिरूद्ध करिब २० बर्ष पहिले युद्धको घोषणा गर्नुभएको थियो ।
अमेरिकाले आफ्नो यो बीसबर्षमा सैनिक क्षेत्रमा भएको अत्यधिक खर्चका कारण अमेरिकाले आफ्नो चीरपरिचित आर्थिक प्रतिद्वन्द्वी चीनसँगको प्रतिस्पर्धाबाट ध्यान विकेन्द्रित भई उसलाई फाइदा भएको निष्कर्ष बाइडेन प्रशासनको रहेको छ ।
इराकमा हाल दुई हजार ५०० अमेरिकी सैनिकहरू रहेको र ती सैनिकहरूले इराकी फौजलाई बाँकी रहेका इस्लामिक स्टेट लडाकूसँग लड्न सहयोग गरिरहेको बताइएको छ ।
गत वर्ष बग्दादमा गरिएको अमेरिकी ड्रोन हमलामा एकजना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको शिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएपछि इराकमा अमेरिकी उपस्थिति प्रमुख मुद्दा बनेको छ ।
इरानसँग सम्बन्ध भएका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् । यद्यपि त्यहाँ आईएसको खतरा जारी रहेको बताइन्छ । ह्वाइट हाउसमा इराकी प्रधानमन्त्रीसँग कुरा गर्दै बाइडनले भन्नुभयो, “हामी यो नयाँ चरणमा प्रवेश गरे पनि हाम्रो प्रतिआतङ्कवाद साझेदारी जारी रहनेछ ।”
खादिमीले प्रतिउत्तरमा भन्नुभयो, “आज हाम्रो सम्बन्ध पहिलेकोभन्दा निकै बलियो छ । अर्थतन्त्र, वातावरण, स्वास्थ्य, शिक्षा, संस्कृति र त्यसभन्दा धेरैका लागि हामीबीच साझेदारी छ र यसले आगामी दिनमा निरन्तरता पाउनेछ ।” भेटमा उहाँले इराकमा कुनै पनि विदेशी फौज आवश्यक नभएको बताउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप